‘समाचार र विचारको
साझा चौतारी’






खोप केन्द्रलाई व्यवस्थित गर !


सम्पादकीय
कोरोना संक्रमणको रोकथामका लागि संचालन गरिएका कोरोना खोप केन्द्र विशेष गरि झापाको मेचीनगर स्थित काँकरभिट्टा स्वास्थ्य केन्द्र र धुलाबारी स्वास्थ्य केन्दका बारेमा खोप केन्द्र व्यवस्थित हुन नसकेको जन गुुनासो आएको छ । काँकरभिट्टा र धुलाबारीको स्वास्थ्य केन्द्रमा देखिएको खोप लगाउन आउनेहरुको भिडलाई व्यवस्थित गर्न नसकेको प्रष्टै देखिन्छ । कोरोना संक्रमणका लागि साउन १३ गते मध्य रातदेखि मेचीनगरपालिका सिल गरिएको छ भने अर्कातिर खोप केन्द्रमा देखिएको अव्यवस्थित भिड नै कतै संक्रमणको मुहान त बन्दैन भन्ने त्रास पनि जन्मिएको छ । अशक्त, वृद्ध र वृद्धालाई पहिलो प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउनु पर्ने त जो कसैको कर्तव्य नै हो ।तर, कतिपय सुन्नमा आए अनुसार जनप्रतिनिधिका निकट मान्छे र पहुँचवालाहरुले सहजै खोप लगाएको र सर्व साधारणले भने घण्टौँ पर्खेर पनि खोप सकियो भन्ने पनि सुन्नमा आएको छ ।यदि यस्तो कतैबाट भएको छ भने त्यो हुनहुदैन । जसका लागि आएको खोप हो उसैले पहिला लगाउन पाउनु पर्छ र अझ त्यसमाथि अशक्त, वुद्ध र वृद्धा समूहलाई सबैले पहिलो स्थानमा राखेर सेवा प्रवाह गर्नु पर्छ । कोरोना संक्रमणको रोक थाम र यसबाट बच्नका लागि लगाईने खोप केन्द्रलाई थप संवेदनशिलताका साथ व्यवस्थित गरिनु पर्छ। संक्रमणबाट बच्न खोप लगाउने स्थाननै भिड हुन थाल्यो भने यसले अर्को भयावह रुप लिन पुग्छ । यसर्थ सरोकारवाला पक्षहरुले बेलैमा सावधानी अपनाएर खोप केन्द्रलाई व्यवस्थित गर्न अपरिहार्य भएको देखिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्