सृजनाको चौतारी

पार्टी चै कता छ कमरेड ?

कविता
जीतेन्द्रनिरन

एकतिर तिमी अर्का तिर उनी
तिमी मुखिया यता उनी मुखिया उता
मुखियाको जुगाँको रमितामा
पार्टी चै कता छ कमरेड ?
तिमी तिम्रो खेलमा उनी उनकै खेलमा
आफ्ना आफ्ना झेलमा तिमी र उनी
तिम्रो पार्टी चै कता छ अहिले ?

तिम्रा्े आफ्नै चाल उनको आफ्नै दाउ
तिम्रा र उनका स्वार्थमा
कार्यकर्ता होइन भक्तका पनि अन्धभक्तको उत्दपान गर्यौ
कुरा पार्टीका पनि गरेका छौ
तर , न तिमी पार्टी मुखिया जस्ता भयौ
न उनी पार्टीका मुखिया जस्ता भए
भयौ त भगवान जस्तै बन्न खोज्यौ
र, आफ्ना अन्धभक्तहरुलाई आरती उतार भन्यौ
तिम्रो र उनको जुँगाको दौडमा
अहिले तिम्रो पार्टी चै कता छ कमरेड ?

विचारको पथ होइन , अन्ध भक्तिको धाम बनायौ आफुलाई
नीति बाकेको नेता होइन कम्पनीको मालिक बनायौ आफुलाई
कुरा राजनीतिका जस्ता गरे पनि
उनको जाल र तिम्रो झेलमा खासै फरक छैन
फरक छ त तिम्रा र उनका स्वार्थको प्रकारमा
त्यसैले अहिले एउटा प्रश्नले तिमीलाई र उनलाई
सोधिरहेको छ
तिम्रो र उनको बीचमा तिम्रो पार्टी चै कता छ कमरेड ?
भक्तहरुको विभाजन छ अहिले
आ आफ्ना देउताहरुको थप देवत्वकरणमा
कार्यकर्ता चै कता छन् कमरेड अहिले ?

चर्चा तिम्रो र उनको हुन्छ, पार्टी हराएको छ
जता पनि भक्तहरुको भीड छ कार्यकर्ता बिलाए जस्तो छ
यो बीचमा देवता र भक्तहरुकै माहौल जस्तो छ
आफै एउटा प्रश्न जन्मिएको छ अहिले
तिम्रो पार्टी र पार्टीका कार्यकर्ता चै कताछन् कमरेड अहिले ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button