मूल खबरस्वास्थ्य

३ हजार ७५ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

३ भदौ २०७८

ललितपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पीसीआर परीक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५४ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएको पनिमन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button