‘समाचार र विचारको
साझा चौतारी’






लिभरपुलको सहज जित


भदौ २८, २०७८

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पारेको छ । लिभरपुलले घरेलु टोली लिड्स युनाइटेडमाथि ३–० को सहज जित निकालेको हो ।

एल्लान रोड वेस्ट योर्कसायर लिड्समा आइतबार राति भएको खेलमा लिभरपुलको सहज जितमा मोहम्मद सलाह, फविन्हो र साडियो मानेले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।

खेलको २०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले ट्रेन्ट एलेसान्दर अर्नाेल्डको पासमा गोल गरेका थिए । ५०औं मिनेटमा फाविन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

६०औं मिनेटमा पास्कल स्ट्रजिक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिड्स थप समस्यामा पर्दा लिभरपुललाई खेलमा थप सहज बनेको थियो । पास्कलले हार्भे इलिओटलाई गम्भीर ट्याकल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा साडियो मानेले थियागो अलकान्तराको पासमा गोल गर्दै लिभरपुलाई सहज जित दिलाए ।

यो जितसँगै अपराजित रहेको लिभरपुलले शीर्ष दुईमा रहेका म्यानचेस्टर युनाइटेड र चेल्सीसँगको अंक बराबरी गरेको छ । समान ४ खेलबाट समान १० अंक रहेपनि लिभरपुल गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ । पराजित लिड्स २ अंक जोडेर १७औं स्थानमा रहेको छ ।hamrokhelkud/from

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्