सृजनाको चौतारी

परिवर्तन !

कविता
उँभो हेर्छु आकाश नीलै छ
अँधेरी रातमा तारा झल्मलाएकै छ
जूनकीरीले बत्ति बालेकै छ
परिवर्तन भयो भन्छन् सबै
खै के परिवर्तन भयो?
गाउँमा साने घर्ती
प्यासले छटपटाएकै छ
पानी लिन गएकी सानी
पधेँराबाट हराउँदै छे
चिच्याईरहेका छन् आमाहरू
छाती पिट्दै
कराईरहेका छन् भाउजूहरू
खै कस्तो परिवर्तन भो?
कहाँ भयो परिवर्तन?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button