मूल खबर

कांग्रेसकाे महाधिवेशन कार्यतालिका फेरि परिवर्तन

नेपाली कांग्रेसको महाविधेशन कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने सहमति गरेको हो । दशै अगाडी पालिका तहको मात्रै अधिवेशन हुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

उनले भने, ‘दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अधिवेशन भएका जिल्लामा ९ गते गर्ने सहमति भएको हो ।

उनले भने, ‘महाधिवेशनका क्रममा कतिपय जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेन । अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जहाँ समस्या छ, त्यहाँ प्रक्रियासंगत क्रियाशील सदस्यता टुंग्याउने, जहाँ वडा अधिवेशन भएको छ त्यहाँ वडा अधिवेशन नरोक्ने निर्णय गरेको छ ।”

बाँकी १३ जिल्लामा छिटो क्रियाशील सदस्यता टुंग्याएर ९ गतेभित्र वडा अधिवेशन सम्पन्न गर्ने भनिए पनि क्रियाशील सदस्यता विवाद टुंग्याउने मिति तय भएको छैन । त्यसैले त्यसपछिका अधिवेशनका लागि भने केन्द्रीय निर्वाचन समितिलाई प्रस्ताव गर्न भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button