‘समाचार र विचारको
साझा चौतारी’




तिमीले को सँग सिक्यौ ?


तिमीले कोसँग सिक्यौ
प्रेमको परिभाषा
कस्ले सिकायो प्रेमको सिध्दान्त ?
कहाँबाट उत्पन्न भयो
वासना रहित
प्रेमको उपासना?
कसले र कहाँ पोख्यो
प्रेमको पहिलो उत्सर्ग
कसबाट प्रतिपादित भए होलान
ममता र वात्सल्यका
शितल प्रेमहरू
कस्ले रच्यो होला प्रेमको कविता?
प्रकृतिको स्पर्शसँगै
लाग्छ मलाई आमाले सिकाउनु भयो
प्रेमका विषयहरू
बाद्वारा सम्मानित गर्न सिके होला
प्रेम र समर्पणका भावहरू
जीवका सुखदुस्खबाट जाने होला
प्रेमका यावत परिभाषाहरू
भन्छन् मान्छेहरू
मैले प्रेम गर्न जानिन
भन्छन प्रेमीहरू
म प्रेममा पागल भएँ
भन्छन मानिसहरू
म प्रेममा बदनाम भएँ
नसिक्नु पर्ने विषय
न रित्तिएर सकिने सम्पत्ति
न बदनाम भएर नासिने प्रेम
प्रेम त सधै अजर छ
आफैभित्र छन्
प्रेम जाग्रीतिको उद्भव
प्रेम मै छ फूलको सुन्दरता
प्रेम नै हो त्याग र समर्पणको सुत्र
हृदयमा जागृत भएपछि प्रेम
बज्छ मनभरि प्रेमको बाँसुरी
अनाशक्तिरूपी बिजको प्रतिक
आफ्नै मन हो प्रेमको
पहिलो उद्भव ।

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्