‘समाचार र विचारको
साझा चौतारी’




मनोज गजुरेल बाँधिए विवाह बन्धनमा


२५ आश्विन २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिवाह गरेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । न्याय सेवाको अधिकृत मञ्जु उदयपुरकी हुन् ।

मनोजले सामाजिक सञ्जालमार्फत आफूले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर परिवारको उपस्थितिमा विवाह गरेको उल्लेख गरेका छन् । ‘सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद’, उनले लेखेका छन् ।

मनोजको चार वर्ष अघि पहिलो श्रीमति मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । मिनासँगको सम्बन्धविच्छेद पछि उनका एक छोरा र एक छोरी मनोजसँगै थिए ।‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुवै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’ उनले लेखेका छन् । मनोजले मञ्जु र आफ्नो एकै खालको परिवेश र उस्तै खालको भोगाई रहेको उल्लेख गरेका छन् ।

 

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्