मूल खबर

घान्द्रुकमा जिप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

२५ आश्विन २०७८
न्युज अफ नेपाल, कास्की ।

पर्यटकीय गाउँ घान्द्रुकमा केही बेर अघि जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखरास्थित हरि चोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीपमा चालक सहित १० जना यात्रु सवार थिए ।

ती मध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । गाडी चालक खुशीमान क्षेत्री रहेको र उनको अवस्थाबारे हाल केही जानकारी आएको छैन । अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जिप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कलाभीरमा निकै अप्ठेरो बाटो छ । मृतकको सनाखत हुन सकेको छैन । यद्यपि दसैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू दुर्घटनामा परेको अनुमान छ । अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button