खेलकुद

बोलोग्नालाई हराउँदै एसी मिलान शीर्षस्थानमा

कात्तिक ७, २०७८

एजेन्सी – बोलोग्नामाथि सहज जित निकाल्दै एसी मिलान सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । मिलानले ९ खेलाडीमा समेटिएको घरेलु टोली बोलोग्नामाथि ४–२ को रोमाञ्चक जित निकाल्दै शीर्षस्थानमा उक्लिन सफल भएको हो ।

बोलोग्नाको मैदानमा मिलानको जितमा राफयल लियो, डाभिड कालाव्रिया, इस्माइल बेन्नासेर र ज्लाटन इभ्राहिमोभिचले गोल गरे । घरेलु टोलीका मुसा बारोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

बोलोग्नामा शनिबार राति भएको खेलमा मिलानले खेलको १६औं मिनेटमा राफयल लियोको गोलबाट अग्रता लिएको थियो । उनले ज्लाटन इभ्राहिमोभिचको पासमा गोल गरेका थिए । २०औं मिनेटमा एडमा सोउमाओरो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली दवावमा परेको थियो ।

तर, दोस्रो हाफमा घरेलु टोलीले चार मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । ३५औं मिनेटमा डाभिड कालाब्रियाले गोल गर्दै मिलानलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४९औं मिनेटमा ज्लाटनले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा पुगेको थियो । ५२औं मिनेटमा मुसा बारोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

५८औं मिनेटमा रोबर्टाे सोरियानो पनि सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बोलोग्ना थप समस्यामा पर्दा त्यसको फाइदा मिलानले उठाउन सफल भयो । ८४औं मिनेटमा इस्माइल बेनासेरले गोल गर्दै मिलानलाई ३–२ ले अघि बढाए । अन्तिम मिनेटमा ज्लाटन इभ्राहिमोभिचले गोल गर्दै मिलानलाई ४–२ को रोमाञ्चक जित दिलाए ।

जितपछि शीर्षस्थानमा उक्लिएको मिलानको ९ खेलबाट २५ अंक पुगेको छ । एक खेल कम खेलेको नेपोलीको २४ अंक छ । पराजित बोलोग्ना १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।हाम्रो खेलकुदबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button