‘समाचार र विचारको
साझा चौतारी’




म्याराडोना कपमा बार्सिलोना र बोका जुनियर्स भिड्ने


कात्तिक ९, २०७८
एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको सम्झनामा क्याटलान क्लब बार्सिलोना र अर्जेन्टिनी क्लब बोका जुनियर्सबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।

म्याराडोनाको सम्झनामा स्पेनिस क्लब र अर्जेन्टिनी क्लबबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । साउदी अरेबियामा आयोजना हुने मैत्रीपूर्ण खेल डिसेम्बर १४ मा हुनेछ । मैत्रीपूर्ण खेल ‘म्याराडोना कप’ को नामले हुनेछ ।

म्याराडोनाले बोका जुनियर्सबाट आफ्नो ब्यावसायिक फुटबल करियर सुरु गरेका थिए । उनले सन् १९८१–८२ र पुन १९९५ देखि १९९७ सम्म बोका जुनियर्सको निलो र पहेँलो सर्ट लगाएका थिए । म्याराडोना सन् १९८२ मा ब्युनर्स आयर्सबाट क्याटलान क्लब बार्सिलोना पुगेका थिए । उनले दुई सिजन बार्सिलोनामा बिताउँदा कोपा डेल रे र स्पेनिस सुपर कप जित्न सफल भएका थिए ।

म्याराडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।hamrokhelkud/from

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्