‘समाचार र विचारको
साझा चौतारी’




क्यान्सरका कारण महेशको घट्यो ३५ किलो तौल


एजेन्सी, मुम्बई, 2021/10/26

महेश मान्जरेकर मराठी फिल्मका नामी निर्देशक हुन् । कलाकार समेत रहेका उनले दर्जनौं मराठी फिल्मको निर्देशन गरिसकेका छन् । उनले लामो समयपछि सलमान खानलाई लिएर बलिउड फिल्म ‘अन्तिम’ बनाएका छन् । सोमवार फिल्मको ट्रेलर रिलिज भयो। उनका लागि यो फिल्मको छायांकन सक्नु कम चुनौतीपूर्ण थिएन । किनकि, त्यसबेला उनी क्यान्सरसँग जुधिरहेका थिए ।

क्यान्सरका कारण उनको ३५ किलो तौल घटेको छ । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘फिल्म ‘अन्तिम’ को छायांकनको अन्तिम सेड्युलको समयमा मलाई क्यान्सर पुष्टि भएको थियो । आज म क्यान्सर मुक्त छु । छायांकनको समयमा मेरो किमोथेरेपी भएको थियो । तर, त्यसले मलाई इफेक्ट गरेन । पछि सर्जरी गरियो । मलाई कामप्रति प्यासन थियो जसले मलाई मजबूत राख्यो ।’

ट्रेलर सार्वजनिक कार्यक्रममा सलमान खानले आफूलाई महेशले क्यान्सर भएको कुरा फिल्मको छायांकन सक्नुभन्दा अगाडि नै भनेको बताएका छन् । फिल्मको छायांकन सकिने वितिक्कै महेशले आफ्नो उपचार गर्न सुरु गरेका थिए र आज उनी क्यान्सर मुक्त भएका छन् । महेश र सलमानबीच मजबूत सम्बन्ध छ । उनीहरुले ‘वान्टेड, दबंग, दबंग ३’ मा एकसाथ काम गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्