‘समाचार र विचारको
साझा चौतारी’




एमाले मेचीनगरको बन्द सत्र शुरु


९ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन

धुलाबारी । नेकपा एमाले मेचीनगर झापाको प्रथम नगर अधिवेशन धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा सुरु भएको छ । यो समाचार तयार पार्दा सम्म अधिवेशनको बन्द सत्र चलिरहेको एमाले मेचीनगरले जनाएको छ ।

नगर अध्यक्ष राजु पोखरेलको सभापत्वि तथा पार्टीका झापा इन्चार्ज तथा केन्द्रीय सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन उदघाटन सत्रमा बोल्दै एमाले नेताहरुले अहिले पनि सबैभन्दा बलियो पार्टी एमाले नै भएको दाबी गरेकाछन ।

अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि कोइराला, बिषेश अतिथि केन्द्रिय सल्लाहाकार सदस्य बिष्णु प्रसाई, क्षेत्रीय इन्चार्ज गोपाल बुढाथोकी, नगर इन्चार्ज देवकुमार राई लगायतले पार्टीलाई बलियो बनाउन सबैले आ आफ्नो ठाउँबाट लाग्न कार्यकर्ताहरुलाई निर्देशनदिएका थिए । उनीहरुले जनताले भरोसा गरेको पार्टी अहिले पनि एमाले नै भएको बताएका थिए ।

नगर कमिटीका अध्यक्ष पोखरेलले पार्टीको राजनितिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रतिवेदनमाथि बन्द सत्रमा छलफल हुने बताइएको छ । गित र नृत्य समेत प्रस्तुत भएको अधिवेशन उदघाटन सत्रको सचिव कृष्ण कनालले सञ्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष बिकेन्द्र धिमालले स्वागत मन्तब्य राखेका थिए ।

करीब ७०० जना नगर प्रतिनिधिहरुको सहभागिता रहेको अधिवेशनको बन्द सत्रले आजै एमाले मेचीनगरको अध्यक्ष सहित एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र ७० जना सदस्य गरी ७५ सदस्यीय नगर कमिटि गठन गर्ने पालिका समन्वय समितिका संयोजक हरिचरण बानियाले जानकारी दिएकाछन् ।

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्