‘समाचार र विचारको
साझा चौतारी’




अभिशप्त देश


एस पी लुईटेल
कविता
देश रोएको, विक्षिप्त बनेको
जिम्मा नलिनेहरुको अनुहार
कुर्सीहुँदो छ, आसनमा छ
तर, ठाउँ ओगटेर मरिहत्ते गर्नेहरूको
बुजिप र नेता हूँ भनौदाका तजबिजले
यो देश रोइरहेछ
पाँच औंला बराबर नहुँदा पनि
हत्केलो बराबर हुने
नियम बिर्सेर
ऐन मिचेर
देश हेर्ने कानुनालय,
राजनीतिक अड्डालय,
विद्यावारिधीका मुख्यालय,
चेतना बाँड्ने सूचनालय

जनताको स्थिति देखिने दुखालय
यी पाँच औंलाका कुरुप उदाहरणले
न हत्केलो बराबरी देख्छ,
न देश बराबर देख्छ।
देश त रोएकै छ निरन्तर
एक कुष्ठ वा कर्कट रोगीझैँ,
उपचार र शुश्रुषा नपाएर,
अथवा,
औसधि र उपचारको कमिसन खानेको
निरोगी, जीवनभरको निरोगी
राजनीति, न्यायनीति, बुद्धिजीवी अनि
पत्रकारीता र दुखीयाको भजन गाएर
नथाकी जीवन गुजार्नेहरुको
निजी पेट र कोट सुम्सुम्याउँनेको,
निरन्तर चालबाजी र
स्वार्थमा आन्दोलन गर्नेहरूको
अचाक्लीले
दोहन देश
फेरि पनि रोएकै छ।
देश रोएर तिनलाई के भो?
पाँच औंला बराबर गर्ने हो,
हत्केलाको सृष्टिको मतलब छैन
एकसे मिलकर एकका औंलामा
बराबरी आउन नपाए
यो दुहुनु देश, आँसु झारिरहने देश
अझ रोएपनि, तिनकै तिर्सना मेटाउन
अझ अभिशप्त छ ।

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्