‘समाचार र विचारको
साझा चौतारी’




जिन्दगी


कविता

जी एन शर्मा
रुँदारुदै मैले हाँस्न सिकेको छु
मर्दामर्दै मैले बाँच्न सिकेको छु
उसलाई के थाहा ?
जो हाँस्न र रमाउनु मात्र जिन्दगी संझन्छ
मैले त मरेर पनि बाँच्न जानेको छु
एक पटक मृत्युसँग मित लगाएर त हेर
मृत्यु त्रास होइन तिम्रो साथी बनि दिन्छ
रोदनका प्रत्येक पत्रहरुलाई नियालेर हेर त, जहाँ हाँसोको जन्म देखिन्छ
हो साथी, चित्कारको अन्त्यबाट उल्लास जन्मदो रहेछ
जसरी, आँशुको मुहान आँखा बनेको हुन्छ
त्यही आँखा मुनिको ओठबाट पनि त मुस्कानले जन्म लिन्छ
त्यसैले त, मैले
मृत्युलाई त्रास होइन अन्तिमको सहारा र साथ मानेको छु
अनि त मैले
मरेर पनि बाँच्न जानेको छु
हो नि साथी, यात्राको अन्तिम भेटमा हात र साथ दिने भनेको
जिन्दगीलाई त्यही मृत्यु बाहेक अरु को हुन्छ ?

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्