‘समाचार र विचारको
साझा चौतारी’




कट्टेल प्यानलमा उपसभापति गिरी र सम्बाहाम्फे, सचिवमा लिङ्देन र राजबंशीको उम्मेद्वारी


८ मंसिर २०७८
चौतारी पोष्ट अनलाइन

मेचीनगर । नेपाली काङ्ग्रेस झापाको सभापति पदका उम्मेद्वार राम कट्टेल प्यानलले आफ्ना उम्मेद्वारको घोषणा गरेको छ ।

राम कट्टेल जिताऔं अभियानले आज प्रेस विज्ञप्ति जारी गर्दै कट्टेल प्यानलबाट उपसभापति पदमा केदारशमसेर गिरी र पार्टीका वर्तमान सचिव प्रेम सम्बाहाम्फे उम्मेद्वार बन्ने जनाएको छ ।सचिवमा दमकका विश्वदीप लिङ्देन र टोम राजबंशी उम्मेद्वार हुने भएका छन् ।सहसचिवमा उमाराम प्रसाई र पदम लिम्बु उम्मेद्वार रहेका छन ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि विहीवार उम्मेद्वारी दर्ता र मंसिर १० गते मतदान हुँदैछ ।

जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् ।

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्