केकीको ‘सिल्ली फो’ सुटिङ प्याकअप


फिल्मीखबर, काठमाडौं, 2021/12/18
राज बहादुर सानेको निर्देशनमा बनेको कमेडी फिल्म ‘सिल्ली फो’ को सुटिङ प्याकअप भएको छ । फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिन (शुक्रवार) को अवसर पारेर निर्माण टिमले फिल्मको छायांकन सकिएको जानकारी गराएको हो । दुई चरणमा छायांकन भएको फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्ज आसपासका ठाउँ भएको निर्देशक सानेले बताएका छन् ।

चार बदमासको कथामा निर्माण भएको यस फिल्ममा केकीका अलवा धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायताका कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेब्यू गरेका छन् । ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।

विशाल श्रेष्ठ र सागर बिष्ट सह-निर्माता रहेको फिल्ममा रवि केसीको मेकअप, शिव बिकको कोरियोग्राफी, देब महर्जनको द्वन्द्व निर्देशन, दिव्यराज सुवेदीको छायांकन, तारा थापा किम्भेको सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् । निर्देशक सानेले यसअघि ‘पर्खी बसे फर्की आउनेछु, डोली, विरांगना’ लगायतका फिल्मको निर्देशन गरिसकेका छन् ।

50% LikesVS
50% Dislikes