‘पुजनुपमा’को नयाँ सांगीतिक कोशेली ‘केही तिम्रो केही मेरो’


मेचीनगर । मेचीपारी रहेर नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर कृयाशिल जोडी हुन् अनुपमा प्रधान र पुूजन ल्वागुन । नेपाली गीत संगीतलाई नेपाली भाषी भारतीय माझ चिनाउन उनीहरुको योे जोडी आफ्नो दैनिक व्यस्तता भित्रनै समय निकाल्ने गर्दछन् ।


विशेष गरेर भारतको सिक्कम र पश्चिम बंगालको दार्जीलिङ्ग, डुवर्स क्षेत्रमा नेपाली संगीत सुन्ने श्रोताले पुुुूजन र अनुपमालाई पनि नेपाली गीत संगीतलाई जस्तै मायाँ गर्ने गरेकाछन् । पछिल्लो पुस्ताको यो जोडी करिब एक दशक यता सिक्किम र दार्जीलिङ्गमा मात्र होइन नेपालमै पनि परिचित कलाकार जोडी हो । नेपाली संगीत क्षेत्रमा अनुपमा र पूजनले पु¥याएको सांगीतिक योगदानकै कारण उनीहरुले पनि धेरै नेपाली श्रोताहरुको स्नेह पाएकाछन् । यसका अलवा धेरै नेपाली सांगीतिक पुरस्कार र सम्मान पनि हात पारेकाछन् । भर्खरै मात्र यो जोडी अर्थात पूजन र अनुपमाले ‘पुजनुपमा’को नयाँ सांगीतिक कोशेली स्वरुप‘केही तिम्रो, केही मेरो’ नामको गीत आम नेपाली श्रोता माझ पस्केकाछन् । पुजन र अनुपमाको स्वरमा रहेको यो गीतको रचना र संगीत पुुजन ल्वागुनले गरेकाछन् भने संगीत संयोजन चाँद सिंहको रहेको छ । श्रव्यदृश्य सहितको यो सांगीतिक प्रस्तुतमा अभिनय समेत अनुपमा र पुजन स्वयम्ले गरेकाछन् भने जसको निर्देशन करण थापाको रहेको छ । विशेषतः मानवीय भावनाहरुलाई संगीतको मालामा उनेर स्वरले सजाउने बानी परेको पुजन र अनुपमाको यो पछिल्लो सांगीतिक कोशेलीमा जिवनकै पक्षलाई उजागर गरिएको छ । गीतको शब्द, संगीत र संगीत संयोजन आफैमा एउटा राम्रो सांगीतिक लहरले सजिएको छ साथै पुजन र अनुपमाको अभिनयले पनि गीतको भाव माथि तारिफ योग्य न्याय गरेको देखिन्छ । दजनौँ नेपाली गीतहरु नेपाली संगीतको क्षेत्रमा सुम्पि सकेको पुजन र अनुपमाको जोडीले आगामी दिनमा समेत यस्तै यस्तै जिवनका विविध पक्षलाई उजागर गर्ने सांगीतिक कोशेली नेपाली श्रोता र संगीतको ढुकुटीलाई दिदै जाओस हाम्रो पनि शुभकामना छ!

100% LikesVS
0% Dislikes