नयाँ वर्ष र जिन्दगी !


कविता


जी एन शर्मा
नयाँ वर्षसँगै जिन्दगीहरु एक फेर बोल्ने गर्छन
मनले बोल्छन् या मुखले बोल्छन्
हरेक जिन्दगीको बोली फुट्छ ‘जय होस!’
थाहा छैन यो पुरा गर्ने कसले हो आजका मिति सम्म
जिन्दगी आफ्नै परिभाषामा बाँचेको छ
जिन्दगीको आफ्नै गीत र कविता छ
मनले भने जस्तै हुदो हो त
कतिले फेरि फेरि बोल्नु पर्ने थिएन होला
तर, नयाँ वर्ष उसरीनै आउँछ उस्तै धुन बजाउँछ
जिन्दगी त्यही धुनमा नाच्छ
जिन्दगीले दिने हो या नयाँ वर्षले दिने हो शुभकामना
यसपालि एक पटक जिन्दगी र एक पटक नयाँ वर्षलाई सोध्नु छ
कसले भन्दा असलहरु झन् असल बन्छन्
खराबहरु असल बन्न सक्छन्
सोध्नु छ एक पटक जिन्दगीलाई पनि नयाँ वर्षलाई पनि
सत्यको सधै जित भए जस्तै
झुठको सधै हार भए जस्तै
कसले भन्दा यो ‘जय’ हुने हो ?
मान्छेको मनले ?
मान्छेको मुखले?
कञ्चन मन र सत्वाणीले
जिन्दगीले या नयाँ वर्षले

100% LikesVS
0% Dislikes