यस्तै छ यो जिन्दगी


गजल 
दुई खोलीको तिर जस्तै भयो यो जिन्दगी
आउडे ,खाउडे भिर जस्तै भयो यो जिन्दगी
खोइ के भो अर्थ बिहिन कति पिडा भित्र भित्रै
शिल शिल उनेको झिर जस्तै भयो यो जिन्दगी
गोरेटोमै अल्मलिएको लक्ष्य बिहिन यात्री झै
पत्थरमै मिल्ने धिर जस्तै भयो यो जिन्दगी
तानाबुना कस्दै छु झन तुन्दै छु कति कति
नखाई तृप्तभएको खिरजस्तै भयो योजिन्दगी
समुन्द्रमा अल्झिएको डुङ्गा जस्तै लक्ष्य बिहिन
सर्वस्व लुटिएको शिर जस्तै भयो यो जिन्दगी
अनेकन भोगाइका पराकाष्ट मुर्झाउँने कोमल
मुटु कलेजो छिनेको पिर जस्तै भयो यो जिन्दगी

सुर्योदय नगरपालिका ३
इलाम ।

50% LikesVS
50% Dislikes