यसकारण तपाईँलाई म भोट दिन्न !


कारण प्रष्ट  छ     तपाईँ लाई मत दिएँ
तपाईँले उपेक्षा दिनु भयो
म नागरिक थिएँ, तपाईँले रैती संझनु भयो
सानासाना मेरा अपेक्षा थिए तपाईँले नजरअन्दाज गर्नु भयो
तपाईँ जनप्रतिनिधिका नाममा सर्वशक्तिमान जस्तै बन्नु भयो
म तपाईँलाई मतदान गर्ने नागरिक सधै निरिह बन्न बाध्य भएँ
यसकारण म तपाईँलाई भोट दिन्न
कारण प्रष्ट छ, तपाईँले जे भन्नु भयो त्यो गर्नु भएन
जे भन्नु भएन सबै त्यही मात्र गर्नु भयो
म तपाईँको मतदाता, दातालाई कहिल्यै चिन्नु भएन
जे हुन्छ जनप्रतिनिधि तपाईँ कहिल्यै बन्नु नै भएन
यसरकारण यसपटक म तपाईँलाई भोट दिन्न
यो पाँच वर्ष तपाईले जे जे लिनु भयो त्यो मेरो कारणले पनि थियो
तर , म तिर कहिल्यै फर्कनु भएन
केही त माखो मार्नु भएन तर कठैबरा सम्म पनि भन्नु भएन
अनि फेरि म कसरी तपाईँलाई भोट दिन सक्छु र ?
अनि फेरि म कसरी तपाईँलाई जनप्रतिनिधि बनाउन सक्छु र !
किनकी मेरो भोटले तपाईँलाई लागेको मात म कसरी भुल्न सक्छु र !
कारण प्रष्ट छ, यस पटक न म तपाईँलाई भोट दिन सक्छु
न तपाईँलाई भोट दिनु भनेर कसैलाई भन्न पनि सक्छु

100% LikesVS
0% Dislikes