चुनावले छोएसी


गजल
तल्ला घरको अमुक दल रे माथ्ला घरको अमुक
कतै धनको अमुक भन्छन् कतै थरको अमुक ।
आर्थिक मन्दी उत्पादन कम खर्च बढीबढी हुँदा
पीर बोझ धेरै हटाउँछ रे थोरै करको अमुक ।
चुनाव खर्च असुलेर साहु महाजनहरू बाट
महंगी ह्वात्तै घटाउछ रे सस्तो दरको अमुक ।
धाकधम्की रवाफदेखि वाक्क माइलो साइलो पनि
मतदान त्यतै गर्छु भन्छन् भय डरको अमुक ।
पाडो पाएनी पाडी पाएनी म त भतुवा भन्दै जेठो
मोजमस्तीमा खाइरहेको छ मिठो तरको अमुक ।।

50% LikesVS
50% Dislikes