आदरणिय नव नगर प्रमुख ज्यु


नरेश मोहरा

आदरणिय नव नगर प्रमुख ज्यु
सपथ ग्रहण कै दिन ध्यानाकर्षण गराउन चाहेँ।
मेचिनगर नगर पालिकाको नगर प्रमुखमा निर्वाचित भए पश्चात् नगरका सबै नगरबासि ले तपाईंलाई फुल,अबिर,माला,खदा,बधाई तथा शुभकामनाका धेरै अनमोल शब्दहरु ले सम्मान तथा स्वागत गर्नुभयो तर म तपाईंलाई केही फरक तरिका बाट सम्मान गर्न चाहान्छु, आफुले जाने, बुझे र भोगे जतिका केही महत्त्वपूर्ण कुराहरु मा ध्यानाकर्षण सहित सुझाबहरु बुदागत रुपमा राख्न चाहान्छु .
सर्ब प्रथम
१ नगर भित्रका सरकारी अस्पतालहरु मध्ये धुलाबारी स्वास्थ चौकी र आम्दा अस्पताल लाई बिशेष प्राथमिकताका आधारमा राखेर सुधार र ब्यवस्थापन गरौ जहा सहज र सरल रुपमा गरिब जनताले सेवा सुबिधा लिन सकुन् र त्यहाँका बेथिति को अन्त्य होस।
२ धाईजन मेनपा ११ को नव निर्मित स्वास्थ चौकी कोबिड महामारीको आईसुलेसन अस्पताल जुन भवन सुबिधा सम्पन्न छ, त्यहाँ स्वास्थ सम्बन्धिका उपकरण, एम्बुलेन्स र एमबिबिएस तहको डाक्टर को ब्यवस्थापन गरौ।
३ मेचिनगर भित्र रहेका सबै तहका सरकारी बिध्यालयहरु को विशेष अनुगमन गरि न्यून स्तरका गाउँहरु मा रहेका बिध्यालयहरु को स्तर उन्नति,गुणस्तर शिक्षा मा पहल गरौ, सरकारले निस् शुल्क घोषणा गरेको शुल्क बिध्यालयले विभिन्न बहानामा असुल गरेका छन पुर्णरुपमा यस्ता गतिविधिहरु को अन्त्य गरि निमुखा,गरिब दलित परिवारको नानिहरु ले सहजरूपमा शिक्षा पाउन्।
४ मेचिनगर भित्र अझै पनि गरिब,निमुखा सोझा सिधा जनताहरु खानेपानी बाट धेरै संख्यामा बन्चित छन धेरै योजनाहरु आउँछन तर ती बर्गले त्यस्ता योजनाहरु कहिले पाउन सक्दैनन् बर्गिकरणको आधारबाट खानेपानी मा पहुच राख्न सहजता गरौ१
५नगरको पहुच भित्र रहेका बन जंगल,नदि नाला, पर्यटकिय क्षेत्रको संरक्षण, सम्बर्द्धनमा विशेष ध्यान पुर्याउ जनचेतनाका कार्यक्रमहरु तयारी गरौ१
६ नदि उत्खनन,ठेक्का बितरण गर्दा त्यस नदिबाट प्रत्यक्ष असर पर्ने स्थानिय नगरबासिहरु सँग सुझाब,सहकार्य परामर्श गरेर मात्रै नदि उत्खनन र ठेक्का बितरण गरौ र स्थानिय नागरिक पत्रकारहरु बाट सम्भव भए सम्म नागरिक स्तरको अनुगमन समिति तयार गरौ।
७ मेचिनगर का १५ वटै वडाहरु मा दिनानुदिन युवाहरु लागू औसतमा फसिरहेका छन, धेरै को ज्यान समेत गएको छ,घर परिवार छिमेकि समाज सबै त्रशीत छन,,यश बिसयमा सुरक्षा निकाय पत्रकार सामाजिक संघ संस्था यश सँग बिज्ञ समाजसेबिहरु को सामुहिक पहलमा लागू औसत बिहिन नमुना नगर घोषणा गरौ।
८ मेचिनगर पालिकाबाट बिनियोजित भएको बिकास निर्माणका कार्यहरु मा कुनै पनि जनप्रतिनिधि वा निजको एकाघर परिवारबाट ठेक्कामा संलग्न रहेर ठेक्का लिन नपाउने निर्णय गरौ। यसबाट जो सक्षम ठेकदार हुन उनिहरु र काम गरिखाने सर्ब साधारण धेरै मर्कामा परेका छन।
९ मेचिनगर ४ बाहुण्डाँगिमा मानबसेवा आस्रमको पहलमा निर्माण हुन लागिरहेको भवन तत्काल निर्माण गरि सेवा सुचारु गर्न आब्यसक पहल गरौ, जसबाट यश क्षेत्रका धेरै बृद्ध,असक्त, अपांग, बेवारिसे सडक मानव, बालबालिका, महिलाहरु को उद्धार भई लावन्धित हुने छन।
१० नगर भित्र रहेको साधन,उपकरण अन्तरगत दमकल,एम्बुलेन्स,सब बाहन,फोहोर उठाउने साधन चुस्तदुस्त राखौ।
११ नगरबाट संचालित नगर शिक्षा समिति, स्वास्थ बिभाग,कृषि बिभाग,महिला तथा बालबालिका को गुनासो सम्बन्धित बिभागहरु लाई जिम्मेवारी बहन गराई चुस्त दुरुस्त राखौ१
१२ सडक मानव ब्यवस्थापन,उद्धार,जेस्ठ नागरिक, बुद्ध, अशक्त अति बिपन्न बर्गका जनताको हकमा उपचार, अस्पताल सम्म पुर्याउन नि शुल्क एम्बुलेन्स सेवाको सुचारु गरौ।
१३ हाट बजार,चौपाय बजार, राजमार्गका प्रत्येक चोकमा सार्बजनिक शौचालय को उचित ब्यवस्थापन गरौ।
१४ प्रत्येक वडामा १ फोहोर उठाउने गाडि र कर्मचारी ब्यवस्थापन गरौ।
१५ प्रत्येक वडाका कार्यलय , स्थानिय सरोकार क्षेत्र नगरपालिका कार्यलय मा रहने कर्मचारी र जनप्रतिनिधि हरुबाट सेवाग्राहीलाई सम्मान साथ मिठो बोलि र ब्यवहारले छिटो छरितो सहज र सरल सेवा पाउने कार्यको बिकास गरौ।
१६ उपयुक्त रहेका भुमिहिन सुकुम्बासीको पहिचान गरि सहज रुपमा सुकुम्बासी ब्यवस्थापन गरौ। घर नभएका हरु लाई मुल्यांकन गरि घर निर्माणको राहत योजना तयार पारौ।
१७० सार्बजनिक स्थल मलामि टहराको उचित ब्यवस्थापन गरौ त्यस्ता सम्बेदनशिल क्षेत्रमा खानेपानि सरसफाइ जस्ता कुराहरुमा विशेष जोड दियौं ।
१८ हात्ती पिडित क्षेत्र निर्धारण गरौ त्यस्ता क्षेत्रमा बसोबास गरेका जनतालाई स्थानिय कर र सेवा सुबिधामा विशेष छुट गराउँ, कृषि उपकरण बीउ बिजन निस् शुल्क उपल्बध गराउँ, र हात्तिबाट मृत भएको परिवारलाई क्षतिपूर्ति को ब्यवस्थापन गरौ, बैज्ञानिक तरिका बाट हात्ती निर्मुल नगर धोसण गर्न पहल कदमि गरौ।
१९ नगरबाट संचालित हुने राहत ,उपचार,भैपरि आउने जोखिमका कोसहरु ब्यक्तिगत निर्णय, कर्मचारी तन्त्र, पदको पहुच र राजनिती हस्तक्षेप बाट टाडा राखि विडित परिवार र ब्यक्ति ले नै प्राप्त गर्ने कुराको बिकास गर्ने।
एक सामाजिक कार्यमा सरोकार राख्ने र स्थानिय क्षेत्रको भुईमान्छे को सहयात्री भएको कारणले नजरले देखेका भोगेका,कार्यहरु तपाईं सामु राख्ने अपेक्षा गरेँ सफल कार्यकालको शुभकामना सहित बधाई छ नगर प्रमुख ज्यु🙏
(मोहराको फेसबुकबाट साभार)

100% LikesVS
0% Dislikes