काउलीमा खान नहुने विषादी भेटियो


काठमाडौं
देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो ।

कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउँदासम्म विषादी भएको केही परिणामको काउली बजारमा गएको हुनसक्ने श्रेष्ठले स्वीकार गरे । गोरखापत्र दैनिकमा  छ ।

50% LikesVS
50% Dislikes