गठबन्धन जिन्दावाद !


लोकतन्त्रको रक्षा र जनहितका काम अरुले भन्दा हामी गर्छम् भनेर गठबन्धनको जन्म भएको थियो । यसको प्रमुख मन्त्र भनेको संविधान, लोकतन्त्र र जनअधिकारको रक्षा पनि भनियो । हेर्दै कोर्दै जाँदा यो बन्धन पनि सत्ता जोगाउने भन्दा खासै फरक लाग्न छाडेको छ । मल नभएर हाम्रा खेत डाको छाडेर क्वाँ क्वाँ गरिरहेकाछन् । ईन्धनको भाउको उकालोको कुरै छाडौँ ।जताबाट हुन्छ जसरी हुन्छ सत्ता टिकाउने नागरिकलाई गफका लालिपप देखाउने बाहेक यो गठबन्धनको जनहितको खेती अर्को देखिएन । भन्नलाई लोकतान्त्रिक गठबन्धन भने पनि लोकको हित गर्ने काम भन्दा नि यो सरकारको काम भनेको ईन्धनको भाउ बढाउने पो हो कि जस्तो लागेको छ । पुरै बर्खाले छोपेको छ, मलको अभावमा किसानहरु चिन्तितछन् सरकार मल आउँछ भन्न छाड्दैन आउने अत्तोपत्तो छैन । डिजेल र पेट्रोलको भाउसँगै सबै थोकको भाउ उकालो लागेको छ । सरकारमा बसेका गठबन्धनका नेताहरु लोकतन्त्रको रटान लगाउँदै आउने चुनावको पो कुरो कथुरी रहेकाछन् । जनताको अवस्था के छ भन्दानी मन्त्री हेरफेरको विषय उनीहरुलाई महत्वको भएको छ ।लोकतन्त्रले लोकको अर्थात त्यो देशका जनताको हित गर्छ अझ यो गठबन्धनको सरकार त आफुलाई सक्कली लोकतन्त्रको पक्षधर भन्छ अनि काम चैँ सप्पै अलोकप्रिय गर्दै जान्छ । कुरा मात्रै लोकतन्त्रका गरेर त हुदैन होला नि सरकार !काम पनि त लोकका हितमा गर्नु पर्छ नि । लोकतन्त्रको ठेकेदारनै आफुहरु जस्तो गर्ने अनि काम भने अलोकप्रिय गर्दा कसरी भन्छन् त कार्यकर्ताहरुले गठबन्धन सरकार जिन्दावाद भनेर ? गठबन्धन सरकार जिन्दावाद भन्ने खालका काम गर्नु प¥यो सरकार !
अरुले अलोकतान्त्रिक काम गरे भनेर आफु लोकतान्त्रिक हौँ भन्न गरेको गठबन्धनको कामले यो सरकार पनि‘ कान नै चिरेको’ भन्दा फरक छैन अनि कसरी भन्नु कि जनहितका लागि गठबन्धन भएको रहेछ भनेर ?

50% LikesVS
50% Dislikes