काँकरभिट्टामा भानु साहित्यिक प्रतिष्ठानले बनाउने भयो आधुनिक पुस्तकालय


मेचीनगर । केही वर्ष अघिको कुरो हो भानुसाहित्यिक प्रतिष्ठान काँकरभिट्टाका अध्यक्ष कृष्णप्रसाद उप्रेती झापामा आयोजित एक साहित्यिक समारोहमा अतिथिको रुपमा सहभागि थिए । उक्त कार्यक्रममा एक वक्ताले आफ्नो मन्तव्यका क्रममा भनिदिएछन्‘काँकरभिट्टा मृत शहर जस्तो लाग्छ’ उनको भनाईको आशय भने नकारात्मक थिएन। उनले साहित्यिक गतिविधिमा काँकरभिट्टा जिल्लामा अग्रणी स्थानमा रहे पनि काँकरभिट्टामा एउटा व्यवस्थित पुस्तकालय नहुनुमा उनको व्यङ्य मिश्रित सुझाव थियो । ति वक्ताको भनाईले कृष्णको मनलाई छोएछ र उनले मनमनै त्यँही संकल्प गरेछन् ‘अब हामी छिट्टै काँकरभिट्टामा एउटा व्यवस्थित पुस्तकालयको लागि पहल गर्नेछौ ’। अबका केही दिन पछि नै काँकरभिट्टामा अन्तर्रराष्ट्रिय स्तरको इपुस्तकालयको भव्य उद्घाटन हुदैछ कृष्णप्रसादले त्यो बेलाको प्रसङ्ग निकाल्दै चौतारी पोष्ट अनलाइनलाई सुनाए ।
विसं २०६२ सालमा संभवत नेपालकै पहिलो आदिकवि भानुभक्त आचार्यको पूर्णकदको शालिक स्थापना गरेर साहित्य तथा पठन संस्कृतिलाई अघि बढाएको भानुसाहित्यकि प्रतिष्ठानले प्रत्येक वर्ष भानुको स्मृति दिवसको अवसर पारेर साहित्य,संचार,कृषि लगायत विविध साहित्यिक गतिविधि बृहत रुपमा सम्पन्न गर्दै आएको छ ।ति विधामा उत्कृष्ट व्यक्तित्वहरुलाई २१ हजारदेखि १लाख एक हजार नगद सहित सम्मानपत्र द्धारा पुरस्कृत गर्दै आएको प्रतिष्ठानका अध्यक्ष उप्रेतीले बताए ।काँकरभिट्टाका पुराना र जानकारका रुपमा रहेका उनी यहाँको साहित्य र सामाजिक क्षेत्रका एक अगुवा समेत हुन् ।२०६२सालमा जनस्तरबाट संकलित करिब २७लाखको लागतमा स्थापना गरिएको भानुको पूर्णकदको शालिक र प्रवेशद्धारल यहाँको महत्व र पहिचान समेत झल्केको स्थानिय बताउँछन् ।नेपालकै पूर्वीद्धार काँकरभिट्टामा नेपाली साहित्य क्षेत्रका एक उज्ज्वल नक्षत्रका रुपमा रहेका आदिकविको स्मृतिमा गरिएका विविध कार्यले काँकरभिट्टा मात्र होईन सिङ्गै देशको समेत सान उच्च भएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष मेदनीप्रसाद खरेल बताउँछन् ।


भानु साहित्यिक प्रतिष्ठानको कार्यालय भवन भित्रै अन्तर्रराष्ट्रिय स्तरको इ पुस्तकालय धमाधम निमार्ण भईरहेको छ ।करिब एक करोड ५०लाखको लागतमा आधुनिक शैलीमा निमार्ण हुने भनिएको पुस्तकालयसँगै करिब ४सय मानिस अट्ने सभाहलको समेत निमार्ण हुने अध्यक्ष उप्रेतीले बताए ।करिब १कठ्ठा १० धुरको क्षेत्रफलमा निमार्ण हुने सो भवन बजार क्षेत्र भित्रै रहेकाले विविध कार्यक्रम,सभा र समारोहका लागि समेत उपयोगी हुने उप्रेतीले बताए ।प्रतिष्ठानले साहित्य क्षेत्रका अलवा कला र संगीतका क्षेत्रमा समेत वर्षेनी विविध कार्यक्रम गर्दै आएको वरिष्ठ उपाध्यक्ष खरेल बताउँछन् ।नेपालको पूर्वी नाका काँकरभिट्टामा अवस्थित प्रतिष्ठानले भारतको असाम, दार्जीलिङ्ग र भुटानमा रहेका नेपाली भाषी स्रष्टाहरुको समेत समय समयमा जमघट गराँउदै आएको छ ।अहिले प्रतिष्ठानले करिब ४१ लाख बराबरको अक्षय कोष स्थापना गरेर सोही कोषको आम्दानीबाट आफ्ना विविध कार्यक्रम संचालन गर्दै आएको छ । पछिल्लो समयमा भानुसाहित्यिक प्रतिष्ठानमा कृष्ण पवित्रा उप्रेती प्रतिष्ठान र हेमराज मेदनी खरेल प्रतिष्ठान समेत समाहित भएकाछन् भने ति प्रतिष्ठानमा रहेको २० लाख रकम समेत भानुसाहित्यिक प्रतिष्ठानमै थप भएको अध्यक्ष उप्रेतीले बताए ।भानुसाहित्यिक प्रतिष्ठानको भवन निमार्णका लागि हाल सम्म नेपाल सरकारको अनुदान २७लाख मेचीनगर नगरपालिकाबाट ५लाख ,प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती र वरिष्ठ उपाध्यक्ष मेदनीप्रसाद खरेलबाट ३लाख र प्रतिष्ठानको आन्तरिक श्रोतबाट ५लाख रकमको लागतमा निमार्ण कार्य भइरहे उप्रेतीले बताए । यसै गरि पुस्तकालय भवन निमार्णका लागि १ नं प्रदेश सरकारले १८लाख ,संघीय संसद कोषबाट १०लाख ,मेचीनगर नगरपालिकाबाट ९लाख २५हजार निमार्ण कार्यमा खर्च भएको छ । भवन निमार्ण सम्पन्न गर्नका लागि थप ५०लाख लाग्ने उप्रेतीले बताए ।नेपालको पूर्वीद्धार काँकरभिट्टामा जनस्तरबाट थालनी गरिएको यो कार्यले नेपालका लागि मात्र नभएर विश्वमै रहेका नेपाली भाषीहरुको शीरलाई उच्च बनाएको प्रतिष्ठानका अध्यक्ष उप्रेतीले बताए ।आगामी असार २९गते आदिकविको स्मृति दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिने समेत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष मेदनीप्रसाद खरेलले बताए ।

50% LikesVS
50% Dislikes