काँकरभिट्टामा तीन महिने प्लम्बिङ तालिम सम्पन्न


मेचीनगर । व्यवसायिक शीप विकाश तालिम केन्द भद्रपुर र काँकरभिट्टा खानेपानी संस्थाको संयुक्त आयोजनामा तीन महिने प्लम्बिङ तालिमको आज समापन भएको छ ।


काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभा हलमा सम्पन्न सो तालिमको समापन कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजकुमार पराजुलीले गरेका थिए । मेचीनगर वडा नं ६का वडा अध्यक्ष ललितबहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ठ अतिथि शीप विकाश तालिम केन्द्र भद्रपुरका प्रमुख कृष्णा श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा तीन महिने प्लम्बिङ तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा ललितबहादुर तामाङ्ग, राजकुमार पराजुली,हर्क सुब्वा, शुसील आचार्य, कृष्णा श्रेष्ठ ,गौतम पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव दिलिपजङ्ग सुब्वाले गरेका थिए ।

 

50% LikesVS
50% Dislikes