स्वास्थ्य

काठमाडौंमा १२ जनामा हैजा

काठमाडौं
संघीय राजधानी काठमाडौंमा हैजा भेटिका १२ मध्ये आठ जना निको भएर घर फर्केका छन् । अन्य चार शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचाररत छन् ।यसअघि, गत ५ असारमा पहिलोपटक बागबजारका दुई युवतीमा हैजा पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंह बताउँछन् ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको जानकारी गराएका छन् ।

उनका अनुसार धारापानी, जार, टु्युबेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको छ । बागबजारको खानेपानी प्रदूषित रहेकोसमेत डा। दासले सुनाए । ‘ललितपुर सानेपामा परीक्षणक्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको छ,’ उनले भने, ‘पानी कसरी प्रदूषित भयो भन्ने अध्ययनका लागि सबै ठाउँको नमूना संकलन गरिरहेका छौं ।’

हैजा सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पताललाई तयारी अवस्थामा राखिएकोसमेत डा। दासले दिएका छन् । महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको हो ।

त्यस्तै, बूढानीलकण्ठ नगरपालिकाले गरेको पानी परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । उसले जार, ढुंगेधारा, बोरिङको पानी परीक्षण गरेको थियो ।

यता, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमुना परीक्षण गरिरहेको जनाएको छ ।  राजधानी दैनिकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button