‘नेयमार चेल्सी आउनेछ’ – सिल्भा


एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का पुर्व डिफेन्डर ब्राजिली थियागो सिल्भाले आफ्नो सहयात्री नेयमार इंग्लिस क्लब चेल्सी आउने बताएका छन् ।

पाँच वर्षअघि विश्व कीर्तिमानी मुल्यमा पिएसजी पुगेका नेयमार र क्लबका अध्यक्ष नासेर अल खेलाफीबीच पछिल्लो समय सम्वन्ध राम्रो हुन सकेको छैन । नेयमार पिएसजीमै बस्ने बताइरहँदा अध्यक्ष नासेर नेयमारलाई महँगो पारिश्रमिक दिन तयार छैनन् ।

यसको अर्थ पिएसजी केलियन एमबाप्पे र लियोनेल मेस्सीबाट नयाँ दिशामा जान तयार देखिन्छ । क्लबका अध्यक्ष नासेर र नेयमारबीच असन्तुष्टि रहेको अडियो बाहिरिएको छ । यसले पनि नेयमारले पिएसजी छाड्न सक्नेछन् ।

इंग्लिस क्लब चेल्सी नै अब नेयमार अनुबन्ध गर्ने दौडमा अघि रहेको छ । स्टामफोर्ड ब्रिजमा स्थानान्तरण भएको अवस्थामा नेयमार आफ्नो ब्राजिली तथा पिएसजीका पुर्व डिफेन्डर थियागो सिल्भासँग पुनर्मिलन हुनेछ । भेट्रान डिफेन्डर सिल्भा पनि पिएसजी छाडेरै लन्डन क्लब आएका हुन् ।

चेल्सीले सन् २०२१ म च्याम्पियन्स लिगको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य रहेका थिए । त्यो भन्दा अघिल्लो सिजन पिएसजी फाइनलमा पुग्दा पनि सिल्भा महत्वपूर्ण सदस्य थिए । चेल्सी आउनु सिल्भाका लागि लाभदायी बन्यो ।

‘उनीहरुले मलाई केही प्रस्ताव गरेनन् । एक युरो पनि होइन । केही छैन । यो धेरै कष्टप्रद थियो । उनीहरुसँग मेरो बिदाईको योजना बनाउन तीन महिना थियो, तर केही गरेनन् ।’ सिल्भाले भने, ‘म त्यहाँ एक सिजन वा केही महिनाको लागि थिइनँ, म त्यहाँ आठ वर्षको लागि कप्तानको रुपमा रहे । त्यहाँ धेरै ट्रफी उठाएँ । म त्यो भन्दा धेरै सम्मानको योग्य थिए । एडिन्सन काभानीलाई पनि त्यस्तै भयो ।’

अब थियागो सिल्भाले नेयमारलाई चेल्सीमा ल्याउन सक्दो प्रयास गरिरहेका छन् । सिल्भाले नेयमारबारे आफ्नो इच्छा लुकाएनन् । ‘उनी (नेयमार) चेल्सी जानुपर्छ ।’ सिल्भाले भने, ‘यदि यो भयो भने, सबैभन्दा राम्रो हुनेछ । नेयमारलाई कुनै टिप्पणीको आवश्यक छैन । अहिलेसम्म मलाई केही थाहा छैन । तर मलाई आशा छ कि यो सफल हुनेछ ।नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य २२२ मिलियन युरोमा क्याटलान क्लब बार्सिलोनाबाट पिएसजी आएका थिए ।हाम्रो खेलकुदबाट ।

 

 

50% LikesVS
50% Dislikes