मेचीनगर नगरपालिकासँग चार ओटा ट्रिपर र पाँच ओटा ट्याक्टरछन् । नगर क्षेत्रमा पर्ने आवाश्यक कार्यका लागिनै ट्रिपर र ट्याक्टरको खरिद गरिएको हुनु पर्छ ।उल्लेखित सवारी साधनको मासिक खर्च कति आउँछ र ट्रिपर र ट्याक्टरले अहिले गरिरहेको कामबाट त्यसको भर्र्पाई हुन्छ कि हुदैन यसको मूल्याङ्कन त नगर कार्यालयले गरेको होला । तर, नगरक्षेत्रको सरसफाइलाई थप व्यवस्थित गर्नका लागि खरिद गरिएका सवारी साधनहरुको प्रयोग कसरी भईरहको छ ? यसको मासिक खर्च र कामका बीचमा तालमेल त छ ? भनेर पनि यसको लेखाजोखा पनि सम्बन्धित कार्यालयले नै गरेको होला । नगरका मुख्य बजार क्षेत्रको सरसफाइका साथै आवाश्यक कार्यका लागि खरिद गरिएका सवारी साधनको भरपुर उपयोग गरिएको छ कि छैन ? मेचीनगर नगरपालिकासँग चार ओटा ट्रिपर र पाँच ओटा ट्याक्टर भएको अवस्थामा यी सवारी साधनलाई समेत आवाश्यकता अनुसार सरसफाइमा प्रयोग गर्ने गरिएको छ कि छैन यसतर्फ सम्बन्धित निकायले अनुगमन गरिरहेको छ कि छैन ?भन्नका लागि मेचीनगर नगरपालिकामा सवारी साधन(ट्रिपर र ट्याक्टर)को संख्या यति छ भन्ने मात्र छ या सवारी साधनको खरिद र यसको मासिक व्यवस्थापनमा लागेको खर्चसँग यी सवारी साधनले काम पनि गरिरहेकाछन् यसको निगरानी मेचीनगर नगरपालिकाले गरिरहको छ कि छैन ?आवाश्यकता अनुसार ट्रिपर र ट्याक्टरलाई बजार क्षेत्रको सरसफाइमा प्रयोग गर्न सकियो भने मात्रै मोटो रकम भुक्तान गरेर खरिद गरिएका सवारी साधनको उचित प्रयोग हुन्छ ।मेचीनगर नगरपालिकासँग रहेका ट्रिपर र ट्याक्टर मात्र होइन नगरका सवारी साधनको प्रयोगका विषयमा पनि सम्बन्धित पक्षको ध्यान जानु पर्छ । आम नागरिकको करबाट खरिद गरिएका सवारी साधनको प्रयोग नगर र नगरवासीका लागि भरपुर उपयोग हुनु पर्छ । सवारी साधनको खरिद,ईन्धन, जनशक्तिको खर्च र यसको प्रयोगका विषयमा नागरिक स्वयम्ले समेत सचेत रहनु पर्छ । नगरपालिकासँग सवारी साधन छन् भनेर मात्र होइन यसको उचित प्रयोग हुन सक्यो भने मात्रै नागरिकबाट राज्यले लिएको करको सम्मान र सदुपयोग हुन्छ ।नागरिकबाट लिएको करलाई नागरिक हितकै लागि खर्च गरिनु पर्छ । वर्तमानमा देखिएको आर्थीक मन्दी, नगरपालिकाकै आर्थीक क्षमता र नागरिकको हित कसरी गर्न सकिन्छ भन्ने विषयमा पहिलो त जनप्रतिनिधिहरुको चासो हुनु पर्छ । पारदर्शी र मितव्ययी बजेट निमार्ण अहिलेको प्रमुख विषय हो यसका लागि बजेट पुस्तिकामा सस्तो लोकपृयताका लागि अक्षरको लेखन भन्दा नगरमा भएका आफ्ना स्रोत र साधनको उचित प्रयोगले नै सबैको हित हुन्छ भन्ने हाम्रो बुझाई हो ।
0 34 1 minute read