न्यूक्यासल च्याम्पियन्स लिगमा छनोट


एजेन्सी – न्यूक्यासल युनाइटेड अर्काे सिजनको लागि युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति रेलिगेसन जोनमा रहेको लेस्टर सिटीसँग गोल रहित बराबरी खेल्दै न्यूक्यासलले शीर्ष चारमा रहेर च्याम्पियन्स पलग खेल्ने पक्का भएको हो ।

अब प्रिमियर लिगमा एक चरणको खेल बाँकी रहँदा न्यूक्यासल अन्तिम खेलमा पराजि तभएमा पनि पाँचौ स्थानमा रहेको लिभरपुलले भेट्ने छैन । न्यूक्यासल २० वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो ।

न्यूक्यासलले सन् २००२–०३ को सिजनमा युरोपको एलिट क्लब प्रतियोगिता खेलेको थियो । न्यूक्यासलले युरोपियन फुटबल खेल्ने लक्ष्यसहित गत सिजनदेखि नै मोटो रकम खर्च गर्दै टोली निर्माण गरेको थियो । त्यसले यसपटक सार्थकता पाएको छ ।

घरेलु टोली न्यूक्यासलसँग गोलरहित बराबरीमा रोकिएपछि लेस्टरलाई पनि रेलिगेसनको खतरा बढेको छ । लेस्टर ३७ खेलबाट ३१ अंक जोडेर १८औं स्थानमा छ । लेस्टर रेलिगेसनबाट बच्न अब आफ्नो अन्तिम खेलमा जित निकाल्नुसँगै अर्काे खेलमा एभर्टनले हार बेहोर्नुपर्ने हुन्छ ।हाम्रो खेलकुदबाट ।