टेबलटेनिसका चार खेलाडी एसियाडमा छनोट

एसियाडमा छनोट हुन सफल नविता श्रेष्ठ ।
काठमाडौं। चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि टेबलटेनिस खेलाडी छनोट पूरा भएको छ । नेपाल टेबलटेनिस सङ्घले आयोजना गरकेो खुला छनोट प्रतियोगिताबाट पुरुष र महिलामा समान दुई दुई खेलाडी छनोट भएका हुन् ।
एसियाडका लागि पुरुषतर्फ संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठ छनोट हुनुभएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जानकारी दिनुभयो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष/महिलाको छनोट स्पर्धामा ६/६ खेलाडीको सहभागिता रहेको थियो । एसियाली खेलकुद असोज ६ गतेदेखि हुने भएको छ ।गोरखापत्र अनलाइन