प्रधानन्यायाधीश कार्कीद्वारा पद तथा गोपनीयताको शपथ


प्रधानन्यायाधीश हरिकृष्ण कार्की राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै, साथमा प्रधानमन्त्री प्रचण्ड । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई आज विहान संसदीय सुनुवाई समितिले सो पदका लागि सफारिस गरेको थियो ।

प्रधानन्यायाधीश कार्कीलाई शपथ गराउनेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि उपस्थिति थियो । प्रन्या कार्की आगामी साउन १९ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैहुनुहुन्छ ।गोरखापत्र अनलाइन

 

50% LikesVS
50% Dislikes