सृजनाको चौतारी

जब लाज भुतुक्कै हुन्छ !

कविता
नकचराहरुको भेलामा लबस्तराहरुको मान हुन्छ
थेत्ताहरुको हालीमुहाली देखेर
लाज पनि भुतुक्कै हुन्छ
ओखती हुदैन नि त थेत्तराको
न उपचारनै संभव छ लबस्तरा र नकचराको
हुन्छ लाज भुतुक्क, मौन बनेर उसले हेर्नुको विकल्प पनि छैन
आजकल यस्तै छ यहाँ ,
भ्रष्ट र अपराधीहरुको भाउ बढेको छ
अपमान त उसले खेपेको छ जो आत्मसम्मानलाई बचाउँन खोज्छ
किनकी बजार अहिले माफियाले चलाएको छ
दलाल र चाटुकारहरुको जमानामा
यो रमिता देखेर यहाँ लाज पनि भुतुक्कै भएको छ ।
जेल पठाउनु पर्ने आसन ग्रहणका हकवाला बनेकाछन्
हिरासतमा हुनु पर्नेहरु समितिका मुखिया बनेकाछन्
दलालको हातमा बजार पुगेपछि भाउ उसैको बढेको छ
प्रतिष्ठाको हर्ताकर्ता उनीहरुनै छन् जो दिनरात लुटिरहेको छ
यो रमिता देखेर यहाँ लाज पनि भुतुक्कै भएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button