” भैगाे नि “

कविता
देश बने बनाेस या नबनाेस चिन्ता छैन , जसरी नि गाेजी भरे भैगाे नि !
बुढा ,अशक्त जतिले देश चलाउनु ,
युवा जति युराेप खाडी गए भैगाेनि !
टाठा ,बाँठा जतिले सबैतिर हाली मुहाली गरून ,
साेझा साझा सबै लुटिए ,ठगिए भैगाेनि !
ठूला बडालाई सुविधै सुविधा जे गरे पनि गरून ,
सर्वसाधारण त मंहगीले पिल्सिए भैगाेनि !
उच्च पदस्थहरूले रजाइँ , चैन गरून , माेजमस्ती ,
सामान्यले भने शास्ती पाए भैगाेनि ।
सर्वसाधारण , निमुखाहरूलाई डर ,त्रास ,थर्काउने ,तर्साउने,
भिआपीहरूले देशकाे ढिकुटी रित्याए भैगाेनि !
पहुँचवालाहरू पावर भिडाई कुकर्म बाट साेझै छुट्ने ,छुटाउने ,
सामान्य भने बर्षाैं देखि सामान्य केशमा काेचिए भैगाेनि !
ठूला बडा जतिले विभिन्न आन्दोलन गर्न उक्साउने ,
साना जतिकाे ढाँड खुस्किए भैगाेनि !
नेताजीले टुडिंखेलमा भाषण ,रमिता देखाएर जुधाँउने,
कार्यकर्ताहरू आपसमा भिडन्तमा उत्रिए भैगाेनि !
नेताजीहरू विदेशमा सरकारी खर्चमा उपचार गरून ,
जनताले सिटामाेल नपाएर मरे भैगाेनि !
आखिर ,अरू बाँचुन या मरून मतलब भएन
केवल आफू मात्रै बाँचे ,नाँचे ,रमाए भैगाेनि ।।।