खेलकुद

रोनाल्डोको कीर्तिमानी गोल र खेलमा पोर्चुगलको जित

एजेन्सी – भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले कीर्तिमानी खेलमा गोल गरेपछि पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा लगातार चौथो जित दर्ता गरेकाे छ ।

रोनाल्डोले कीर्तिमानी २००औं खेलमा कीर्तिमानी १२३औं गोल गरेपछि पोर्चुगलले १० खेलाडीमा समेटिएको घरेलु टोली आइसल्यान्डमाथि १–० को संघर्षपूर्ण जित दर्ता गरेको हो । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्र्दै पोर्चुगललाई ३ अंक दिलाए ।

आइसल्यान्डमा मंगलबार राति भएको खेलको ८९औं मिनेटमा ३८ वर्षीय रोनाल्डोले गोन्कालो इनासियोको हेडर पासमा उनले वान टचमा सहज फिनिस गरेका थिए ।

यससँगै रोनाल्डो २०० अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् । यो रोनाल्डोको कीर्तिमानी १२३औं अन्तर्राष्ट्रिय गोल हो । उनी राष्ट्रिय टोलीबाट पुरुषतर्फ सर्वाधिक गोल गर्ने सुचीमा पनि शीर्षस्थानमा छ ।

साउदी अरेबियनको अल–नासरका रोनाल्डोले गत मार्चमा कुवेतका फरवार्ड बदर अल–मुतावाको १९६ अन्तर्राष्ट्रिय क्यापको कीर्तिमान तोडेका थिए । रोनाल्डोको यो कीर्तिमानी खेलअघि गिनिज वल्र्ड रेकर्ड्सले रोनाल्डोलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

‘मेरो लागि यो अविश्वसनीय उपलब्धि हो, यो आश्चर्यजनक छ ।’ रोनाल्डोले खेलपछि भने, ‘र, पक्कै पनि विजयी गोलले अझ विशेष छ । हामीले त्यति राम्रो खेलेका छैनौं तर कहिलेकाहीं फुटबल यस्तो हुन्छ तर हामीले गोल ग¥यौं । हामी यसको हकदार थियौं । म २०० क्यापहरूको कारण धेरै खुसी छु, तर यो अझ विशेष छ ।’

रोनाल्डो पछिल्लो २० वर्षयता पोर्चुगलको टोलीमा नियमित छन् । रोनाल्डोले सन् २००३ मा पोर्चुगलको लागि डेब्यु गरेका थिए । हाल अल नासरमा रहेका पूर्व स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसका फरवार्डले पाँच पटक बालोन डी’ओर जितेका छन् ।

युरो २०२४ को छनोटमा उनको पाँचौं गोलले पोर्चुगललाई चार खेलबाट चार जित दिलाउन मद्दत ग¥यो । ८१औं मिनेटमा घरेलु टोली आइसल्यान्ड १० खेलाडीमा समेटिदा त्यसको फाइदा पोर्चुगलले उठाउन सफल भयो । विलम विलुमसन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

यस जितले समूह ‘जे’ मा शीर्षस्थानमा रहेको पोर्चुगलको ४ खेलबाट १२ अंक पुगेको छ । पराजित आइसल्यान्ड ३ अंक जोडेर पाँचौं स्थानमा छ ।

यही समूहको अर्काे खेलमा लक्जेमवर्गले बोस्निया एण्ड हर्ज गोभिनालाइए २–० ले तथा स्लोभाकियाले लिचेस्टाइनलाई १–० ले पराजित गरेको छ ।हाम्रो खेलकुदबाट ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button