महिला नेतृत्व विकास तालिम सम्पन्न


काँकरभिट्टा÷महिला नेतृत्व विकास कार्यक्रम (सि लिड्स) अन्तर्गत मेचीनगर नगरपालिकाका १५ वटै वडाका निर्वाचित दलित महिला वडा सदस्य र महिला सदस्य गरि जम्मा २८ जनालाई दिइएको तेस्रो मोडयूल तालिम सम्पन्न भएको छ ।
२०८० जेठ ३२ गते देखि सुरु भएको तालिम कार्यक्रममा सोमराज ढकाल र पुनम मण्डलले सहजीकरण गरेको थिए । महिला नेतृत्व विकासका लागि जनप्रतिनिधिहरुको भुमिका र उनीहरुको जिम्वेवारी तथा सिमाहरुको वारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।विकास , द्धेशपूर्ण अभिब्यक्ति र दुस्प्रचार ,पत्रकार सँगको अन्र्तक्रिया , जनप्रतिनिधको विधायकी भुमिका लगायतका विषमा तालिम केन्द्रित थियो ।
कार्यक्रमको समापनमा सहभागी रिता परियार सुक्ष्मा कार्की डोलाी र लिला दर्नालहरुले यस कार्यक्रमवाट आफ्नु काम कर्तब्य , अधिकार र सिमाहरुको वारमो जानकारी प्राप्त भएको र यस्ता कार्यक्रमहरु निरन्तर रुपमा हुन आवश्यक रहेको बताएका थिए ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित मेचीनगर नगर उप्रमुख मिना पोखरेल उप्रेतीले यस कार्यक्रमले महिला नेतृत्व विकासका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेका वताउँदै , अहिले पनि महिलालाई सहज रुपमा नेतृत्वमा आउन अनेकन कठिनाइ रहेकाले अवका दिनमा ति कठिनाइहरुलाई चिर्दै अगाडी वढ्नुको विकल्प नरहेको वताउनु भएको थियो । उपप्रमुख उप्रेतीले यो कार्यक्रम अति प्रभावकारी भएपनि योजना निर्माणको निकट समयमा भएकाले आफ्ना वडा सँग सम्वन्धित कार्यक्रमहरुमा पर्याप्त छलफल छुट्न जाने भएकाले आगामी दिनमा जेठ महिना भित्रै सक्ने गरि कार्यक्रम संचालन गर्न अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा दलित महिला केन्द्र नेपाल कोशी प्रदेश एम.एन.इ अफिसर तेजिलाल लामाले झापाका ८ पालिकामा कार्यक्रम संचालनमा रहेको र मेचीनगर नगरपालिकाका महिला जनप्रतिनिधहरुले अत्यन्तै सक्रियता पुर्वक तालिममा सहभागी भइ ज्ञान आर्जन गरेका प्रति खुसी ब्यक्त गर्दै भोलीका दिनमा समेत यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

100% LikesVS
0% Dislikes