नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बन


काठमाडौं ।

नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।

उनीहरूले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै प्राधिकरणले कारबाही स्वरुप निलम्बन गरेको हो ।

काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको प्राधिकरणले जनाएको छ । उनीहरूलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणको भनाइ छ ।न्युज अफ नेपाल

 

 

50% LikesVS
50% Dislikes