कविता
गन्तव्यमा पुगिएला या नपुगिएला थाहा छैन
परिवर्तनको पाईला चाल्न आफैबाट शुरु गर्न पर्यो
बिकृत,विषम राजनितिक परिस्थतिलाई चिर्न सक्नु पर्यो
कि त चुप चाप झ्याप्प दाह्री पाली बिन्दास बन्नु पर्यो
हैन भने परिवर्तनको पक्षमा बोल्न सक्नु पर्यो
बोलेर,भनेर,लेखेर केही हुँदैन भन्नेहरुलाई
विस्तारै विस्तारै बुझाउन सक्नु पर्यो
परिवर्तित वर्तमानमा समय सापेक्ष गतिशिल चल्न सक्नु पर्यो
निराशामा अन्योलग्रस्त जनलाई आशाको किरण छर्न पर्यो
देशमै गरी खाने वातावरण बनाउन युवाहरुलाई विश्वास दिलाउन पर्यो
सबैलाई सदभाव,भाइचरा,एकताको डोरीमा बाँध्न सक्नु पर्यो
भावी पुस्ताको लागि आशाको दियो बाल्न सक्नु पर्यो
तराई,पहाडी,हिमाली सबै समुदायलाई राष्ट्रिय एकतामा मिलाउनु पर्यो
शिक्षित,दिक्षित युवा वर्गलाई देशबाट पलायन हुन बाट रोक्न सक्नु पर्यो
बर्ग,जाती,सम्प्रदाय नहेरी न्याय,समानताका लागि लडन सक्नु पर्यो
हुँदा खाने हुने खाने,शाषक(शोषित सबै मिलि विभेद रहित
समृद्ध नेपाल बनाउन हातेमालो गर्न पर्यो ।।