झापाली हुँ म !

कविता
काठमाण्डौमा बडो मुस्किलले डेरा पाउने हुँ म
बालुवाटार,संसद भवन तताउने हुँ म
झापाली हुँ म ।
बन्धुत्व र भातृत्वको नाता जोडने हुँ म
झापाली हुँ म ।
परिवर्तनका लागि नेतृत्व गर्ने अग्रपंक्तिको हुँ म
देशमा ठुला ठुला राजनीतिक परिवर्तन ल्याउने हुँ
झापाली हुँ म ।
शिक्षित, प्राज्ञिक र बौद्धिकहरुको थलो हुँ म
सबै क्षेत्रका राष्ट्रका नायक जन्माउने हुँ म
झापाली हुँ म ।
नेपालको होचो केचनाको भए पनि उच्च कदको हुँ म
राजनीतिका स्ट्राइकर खेलाडी जन्माउने हुँ म
झापाली हुँ म ।