खबर

इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह आधार कब्जा

इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह आधार कब्जा
फाइल तस्बिर।

तेलहबिब : इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ।

इजरायली रक्षा बलले बिहीबार जनाएअनुसार नौसेना, आर्मर र इन्जिनियरिङ बलहरूको संयुक्त आक्रमण र वायुसेनाको सहयोगमा करिब १० को प्रयत्नमा टनेल शाफ्टहरू नष्ट गरिएको र आतंकवादी पूर्वाधारका चारवटा भवन पनि ध्वस्त पारिएको छ।

हमासले आफ्नो नौसेनालाई प्रशिक्षण दिन र नौसैनिक आक्रमणहरू सञ्चालन गर्न यो सुविधा प्रयोग गरेको आईडीएफले जनाएको छ। नागरिक नौसेना एंकरेजको आवरणमा हमासले प्रशिक्षण र आक्रमण गर्ने उद्देश्यका लागि त्यो ठाउँको फाइदा उठाएको बताइएको छ। साथै नागरिक जहाजहरू र गाजाको नौसेना प्रहरी डुंगाहरू पनि प्रयोगमा ल्याइएको बताइएको छ।

इजरायली सेनाले दशजना आतंककारीलाई मारेको छ र एंकोरेज क्षेत्रका सबै भवनहरू खाली गरेको दाबी गरेको छ ।

सन् २०१० को मावि मारमारा आक्रमणको घटनाहरूको सम्मान स्मारक पनि ढालिएको छ। बन्दरगाह कब्जा गर्न संलग्न इजरायली नौसेनाका १३ औं फ्लोटिलाका केही लडाकुहरूले मावी मारमारामा पनि पुगेका थिए।

इजरायली नौसेनाले गाजा नाकाबन्दीलाई प्रतीकात्मक रूपमा तोड्न खोज्ने छ जहाजको फ्लोटिलालाई पनि रोकेको थियो।अन्नपूर्ण

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button