विचार

छठ पर्वको महिमा

डा. नारायणप्रसाद निरौला

हरेक पर्वको आ-आफ्नै महत्त्व रहने गर्दछ । हरेक दिन प्रायशः पर्व पर्ने गर्दछन् । स्थानीय भेदअनुसार कतिपय पर्व विशेष महत्वमा पर्दछन्, कतिपय मध्यम त कतिपय सामान्यरूपमा मनाइन्छन् । यस्तै एक विशेष पर्व छठ हो । नेपालका तराईका भूभाग, भारत लगायत अन्यदेशमा पनि छठपर्वलाई विशेष रूपमा मनाइन्छ । नेपालका पाहाडी भूभागमा यो पर्वलाई सामान्य रूपले पर्व मनाउने गरेको पाइन्छ। कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको विशेष धार्मिक एवं सांस्कृतिक महिमा रहेको छ । सूर्यनारायण भगवान्को उपासना छठमा विशेष हुने गर्दछ ।

सृष्टिको सुरुवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । वेदमा पनि सूर्य भगवान्को उपासना गरेका ऋचा पाइन्छन् । सूर्यसूक्त यसको प्रमाण हो । अग्नि पुराणमा पनि षष्ठीव्रतको प्रसङ्ग उल्लेख छ । यसैगरी देवी भागवतामा पनि षष्ठिका देवीको महिमागान गरेको पाइन्छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रतधारण गरेका प्रसङ्ग रामायणमा उल्लेख पाइन्छन् । यसैगरी चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेका बेला कुन्ती, द्रौपदीसहित पाण्डवले पनि यो व्रत धारण गरेको वर्णन महाभारतमा उल्लेख छ । यसरी हेर्दा छठपर्वको महिमा वैदिककालदेखि नै निरन्तर चलिआएको पाइन्छ ।

आयु, आरोग्य र ऐश्वर्यको कामना छठपर्वमा हुने गर्दछ । सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि व्रतबसी यो पर्व मनाउने चलन रहेको छ । मूलतः षष्ठी माता र सूर्य भगवान्कोे पूजा गरिन्छ ।

शारदीय र वासन्ती गरी वर्षमा दुई पटक छठ पूजा हुने गर्दछ । शारदीय अर्थात् कार्तिक शुक्ल पक्षको छठ विशेष रूपमा मनाउने गरिन्छ भने चैत्री वा वासन्ती छठ कम महत्वका साथ मनाउने चलन रहेको छ । चैते दशैँलाई कम महत्त्वका साथ मनाएजस्तै चैत्री छठलाई पनि लिएको पाइन्छ । पृथ्वीमा पर्याप्त प्रकाश छरेको र कामना पूर्ण गरेकोमा सूर्यलाई धन्यवाद दिँदै यो पर्व विशेष रूपमा मनाइन्छ ।

सूर्य भगवान् एवं भाग्याभिदात्री षष्ठीका देवीको पूजा अर्चना गरी पुत्र, पति, परिवारका साथै समस्त लोकको कल्याणको कामना यसवर्पमा गरिन्छ । मूलतः व्रतवसी सूर्यभगवान् एवं षष्ठीका देवीको उपासना यसअन्तर्गत हुने गर्दछ । छठका (कार्तिक शुक्ल षष्ठीका) दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गर्ने परम्परा रहिआएको छ ।

मूलतः कार्तिक शुक्ल चर्तुर्थीका दिन देखि छठको व्रत आरम्भ हुन्छ । यस दिन बिहान सबेरै उठेर हात खुट्टाको नङ काटी चोखो पानीले नुहाई सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गरिन्छ । छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिन एकछाक मात्र भोजन गरिन्छ । कार्तिक शुक्लषष्ठी छठको मुख्य समय हो । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार व्रत बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको पूजा गरिन्छ ।

छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाइन्छ । प्रातःकालीन अर्घका लागि केही व्र्रतालु रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । रातभर भजन कीर्तन र नाचगानसहित घाटमा छठपर्व मनाइन्छ । षष्ठीको भोलिपल्ट ब्रहृममुहूत्र्तमा पुनः पूजासामग्री सम्पादन गरेर नदी किनारमा गई उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुने गर्दछ ।

सोपश्चात् छठको प्रसाद एक आपसमा बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती रअदुवा आदि हुने गर्दछन् । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ। यसरी छठको व्रत गर्नाले समस्त मनोकामना पूर्ण हुने विश्वास रहेको छ । मनोकामना पूर्ण भएको उपलक्षमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य हुने गर्दछन् ।

आयु, आरोग्य र ऐश्वर्यको कामना छठपर्वमा हुने गर्दछ । सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि व्रतबसी यो पर्व मनाउने चलन रहेको छ । मूलतः षष्ठी माता र सूर्य भगवान्कोे पूजा गरिन्छ । यी देवीदेवतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो । छठ माता को हुन ? भनेर विभिन्न प्रकारका विचारधारा रहेको भए पनि यस विषयमा श्रीमद्देवी भागवत महापुराणमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । सो पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमा प्रसङ्गमा राजा प्रियव्रतको कथा उल्लेख पाइन्छ ।

राजा प्रियव्रतका सन्तान थिएनन् । सन्तानका लागि राजाले यज्ञ गर्छन् । यज्ञको प्रसाद स्वरूप महर्षि कश्यपले रानी मालिनीलाई खीर खान दिन्छन् । त्यो खीर ग्रहण गरेपछि रानीले छोरो जन्माउछिन् तर मृत । मृत सन्तान जन्मेको खवरले राजा विहृवल हुन्छन् । मृत सन्तानको अन्तिम संस्कार गर्ने क्रममा राजा प्रियव्रतले श्मसानघाटमै प्राण त्याग्न खोज्छन् ।

सोही समयमा एउटा दिव्यरथयुक्त देवी प्रकट भई राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै ‘म, ब्रहृमाकी मानस पुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृत्तिबाट मेरो उत्पत्ति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भन्छन् । मेरो उपासना गर । म तिम्रो बच्चालाई जीवित पारिदिन्छु’ भन्ने वचन प्राप्त हुन्छ । यसका साथै देवीले तत्काल उक्त मृत पुत्रलाई काखमा राखी जीवनदान दिएको र सोपश्चात् देवीले मेरो पूजा गर्नू र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनू, मेरो पूजा गरेमा सन्तानको रक्षाका साथै समस्त मनोकामना पूरा हुन्छन् भनी उपदेश गरिएको छ ।

षष्ठीका देवी एवं सूर्यभगवान्को उपासना गरी मनाइने एक पर्व विशेष छठ हो । आयु आरेग्य र ऐश्वर्यको कामना यसअन्तर्गत हुने गर्दछ । स्थानीय सांस्कृतिक पक्ष पनि पर्वअन्तर्गत जोडिएर आएका पाइन्छन् । मूलतः सूर्यभगवान्को उपासना यसअन्तर्गत हुने गर्दछ ।

कुमार कार्तिकेयको प्रिय तिथि षष्ठी हो । यसैगरी षष्ठीका देवीले कुमार कार्तिकेयको पालन पोषण गरेको पनि कथा पुराणमा वर्णन पाइन्छन् । मूलतः जन्मको छैटौं रातमा भाग्यविधातृ षष्ठीका देवीको पूजा हुने गर्दछ । यिनै षष्ठीका देवीको आराधना छठमा पनि हुने गर्दछ । यसैगरी सप्तमी तिथिका मालिक सूर्य हुन् । सप्तमीका दिन सूर्यनारायण भगवान्लाई अघ्र्य प्रदान गरी यो पर्व समापन हुने भएकाले सूर्यभगवान् र षष्ठीका देवीको उपासना गर्ने विशेष अवसका रूपमा यो पर्व मनाएको पाइन्छ ।

भगवान् श्रीराम १४ वर्ष वनवास पूरा गरी कात्र्तिक औँशीको तिथिमा अयोध्या फर्केको रामायणमा उल्लेख पाइन्छ । सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको छैटौं दिनमा छठ पूजा हुने गर्दछ । भगवान् श्रीराम अयोध्या फर्केपछि राज्यको सञ्चालन गर्नुभन्दा पहिले ब्राहृमण (रावण) हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग परामर्श गर्दा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिइएको थियो । ऋषिको सल्लाहअनुसार भगवान् श्रीरामले सूर्यको उपासना गरेर ब्रहृमहत्याको पापबाट मुक्त हुनुभएको थियो । यसैले यस अवसरमा सूर्यभगवान्को आराधना गर्नाले समस्त पापबाट मुक्ति मिल्ने मान्यता पनि रहिआएको छ ।

यसैगरी पुलस्त्य ऋषि र भीष्मको संवादमा एक कुष्ठरोगी क्षत्रीय राजको छठ व्रत र सूर्य पूजनपश्चात् रोग निवृत्त भएको अर्को कथा पनि पाइन्छ । वैदिक, पौराणिक प्रसङ्गका साथै लौकिक आख्यान पनि पर्वसँग जोडिएका पाइन्छन् । जसलाई गीतका माध्यमबाट छठ पर्वका अवसरमा गाउने पनि गरिन्छ ।

षष्ठीका देवी एवं सूर्यभगवान्को उपासना गरी मनाइने एक पर्व विशेष छठ हो । आयु आरेग्य र ऐश्वर्यको कामना यसअन्तर्गत हुने गर्दछ । स्थानीय सांस्कृतिक पक्ष पनि पर्वअन्तर्गत जोडिएर आएका पाइन्छन् । मूलतः सूर्यभगवान्को उपासना यसअन्तर्गत हुने गर्दछ । धर्म संस्कृतिले सम्पन्न छठ पर्वको आफ्नै महिमा रहेको पाइन्छ । आद्यशक्ति भगवतीको उपासनासँगै आदित्य भगवान् सूर्यको वेदले पनि स्तुति गान गरेका छन् । देवी देवताको धार्मिक महिमालाई संस्कृतिले अझ सुन्दर बनाइरहेको हुन्छ । यस्तै धर्म संस्कृतिको सुन्दर पावन पर्व छठको पनि विशिष्ट महिमा रहेको छ । यस अवसरमा छठपर्वको हार्दिक मङ्गलमय शुभकामना ।हिमालय टाइम्सबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button