खेलकुद

राष्ट्रिय लेजर रन बुधबार

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ। नेपाल मोर्डन पेन्टाथलोन सङ्घ (एनएमपीए)को आयोजनामा बुधबार दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगिता हुने भएको छ । सङ्घले राष्ट्रिय प्रतियोगिता पछि मङ्सिर १० गते युआइपिएम ग्लोबल–लेजर रन सिटी टुर गर्ने जनाएको छ ।

राष्ट्रिय प्रतियोगितामा सात प्रदेशका एक सय भन्दाबढी खेलाडीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताका खेलहरु सातदोवाटोस्थित पौडी पोखरी परिषरमा हुनेछ ।

यस प्रतियोगितामा सुटिङ र रनिङ स्पर्धा समावेश गरेको सङ्घले जनाएको छ । पेन्टाथलोनमा खासगरी पौडी, दौड, सुटिङ (लेजर गन) फेन्सिङ र घोडचढी खेलहरु समावेश गरिएको हुन्छ ।

ग्लोबल–लेजर रनमा भने आयोजक नेपालसहित बङ्गलादेश, भारत र पाकिस्तानको सहभागिता रहने बताईएको छ । अफगासिनस्तानले समेत सहभागिताको लागि चासो देखाएको सङ्घले जनाएको छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button