खबर

धाईजनमोडका छोरीबुहारीले जागृत बाललाई गरे सहयोग

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर ७ मा रहेको जागृत बाल उद्धार केन्द्रलाई खाध्य सामाग्री सहयोग गरेकाछन् । दिपावलीमा सो समूहले भैलो खेलेर संकलन गरेको २० हजार रुपैयाँ बराबरको खाध्य सामाग्री शनिबार केन्द्रमै आएर हस्तान्तरण गरिएको समूहकी अध्यक्ष पुजा भेटवाल(खरेल)ले बताइन् ।


आफ्नो समूहले यस पटक भैलोमा संकलन गरेको नगद २० हजारको खाध्य सामाग्री केन्द्रलाई सहयोग गरेको र आगामी दिनमा समेत यस्तै प्रकारका सामाजिक र मानवीय सेवामा सहयोग गर्ने उनले बताइन् । केन्द्रमा आयोजित संक्षिप्त कार्यक्रममा खाध्य सामाग्री सो केन्द्रका प्रतिनिधिका रुपमा विकास देवकोटाले बुझेका थिए । झापाको धाईजनमोडमा रहेका छोरीबुहारीहरुले सामाजिक क्षेत्रमा कृयाशिल रहनका लागि धाईजनमोड छोरीबुहारी समूह गठन गरेको अध्यक्ष खरेलले चौतारी पोष्ट अनलाइनलाई बताइन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button