खबर

कोशीको सान्त्वना जित

केपी ओली कप टीट्वेन्टी क्रिकेट
बिहीबार हुने पहिलो खेल विभागीय टोली त्रिभुवन आर्मी क्लबले सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशसँग खेल्नेछ। दोस्रो खेल अर्को विभागीय टोली एपीएफ र मधेस प्रदेशबीच हुनेछ।

पोखरा : कोशी प्रदेशले केपी ओली कप टीट्वेन्टी क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ। बुधबार पोखरामा भएको लिग चरणको अन्तिम खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई नौ विकेटले पराजित गर्दै कोशीले सान्त्वना जित निकालेको हो।

पोखरा क्रिकेट मैदानमा आयोजकले दिएको ६८ रनको लक्ष्य कोशीले एक विकेट गुमाउँदै ७.४ ओभरमा पूरा गरेको थियो। प्रतियोगितामा यो सबैभन्दा कम ओभरमा पूरा गरेको लक्ष्य हो। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा टस हारेर ब्याटिङ गरेको आयोजक १७.५ ओभरमा ६७ रनमा समेटिएको थियो। मदन भण्डारीका अर्जुन रायमाझीले २४, मेहुल श्रेष्ठ र अभय यादवले समान १० रन र शुभम खनालले नौ रन बनाए। कोशीका सुर्वण यादवले तीन विकेट लिए। यस्तै कमल खत्री र फिर्दोस अन्सारीले दुई/दुई विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको कोशीका सोनु अन्सारीले ३५ रन बनाए। मिनास थापाले १८ र अंकित सुवेदीले १४ रन जोडे। बुधबारको खेलसँगै प्रतियोगितामा दुई विभागीय टोलीले दुई प्रदेशसँग फाइनल प्रवेशका लागि खेल्ने भएका छन्।

बिहीबार हुने पहिलो खेल विभागीय टोली त्रिभुवन आर्मी क्लबले सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशसँग खेल्नेछ। दोस्रो खेल अर्को विभागीय टोली एपीएफ र मधेस प्रदेशबीच हुनेछ।अन्नपूर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button