
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, यस्ताे छ गाैरवपुर्ण इतिहास
Posted in मूल खबर
२०७७ फाल्गुन २४
मार्च ८ अर्थात् महिला मुक्तिको ऐतिहासिक दिन। आज यो दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी उत्साहका साथ मनाइन्छ। नेपालका श्रमजीवी तथा शाेषित उत्पीडित महिलाहरुले मुक्तिकामी संघर्षकाे संकल्प सहित याे दिवस मनाउने गर्दछन् । संयुक्त महिला संघ संघर्ष समितिले आज रत्नपार्क शान्तिबाटिकामा विशेष कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
संसारमा जति बेलादेखि निजी सम्पत्तिको सुरुआत भएपछि नै वर्गीय सङ्घर्षको थालनी भएको हो। समाज वर्गीय हुन्छ, जहाँ वर्ग हुन्छ, त्यहाँ सङ्घर्ष हुन्छ। दास युगमा दास र दास मालिकको बीचमा सङ्घर्ष भयो, सामन्ती युगमा जमिनदार वर्ग र किसान बीचमा सङ्घर्ष भयो भने पुँजीवादी युगमा पूँजीपति वर्ग र मजदुर बीचमा सङ्घर्ष भयो।
अन्ततः एकपछि अर्को अत्याचारी शासन व्यवस्था ढल्दै गए। नयाँ समाज व्यवस्था निर्माण हुँदै गयो। हरेक पूरानो शासन व्यवस्थाको अन्त्य र नयाँ समाज निर्माण र विकासमा