
सी के राउतको जनमत पार्टी संगठन गर्न पहाडतिर
Posted in मूल खबर
काठमाडौं । स्वतन्त्र मधेसको राजनीति छाडेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष सिके राउत संगठन निर्माण गर्न अब पहाडतिर लागेका छन् । गएको फागुनमा सरकारसँग सम्झौता गरेर विखण्डकारी राजनीति त्यागेका भनिएका उनलले मुलधारको पार्टी बनाउने घोषणा गरेका थिए। त्यसपछि राउतले जनमत पार्टीको घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ता समेत गराइसकेका छन्।
आयोगमा दल दर्तागरेसँगै पार्टीको संगठन निमार्णमा जोड दिँदै आएका राउतले तराई मधेसका २२ जिल्लासँगै ७ प्रदेशमध्ये ६ प्रदेशमा समिति बनाइसकेका छन्। १, २ र ५ बाहेकको संगठन विस्तार पहाड केन्दित छ। प्रदेश नम्बर ३, ४ र ६ मासमेत जनमत पार्टीले संगठन विस्तार गरिरहेको छ।
पार्टीका पदाधिकारी दीपक शाहले भने, ‘प्रदेश नम्बर ७ मा मात्रै पार्टीको प्रादेशिक संगठन बनाउन बाँकी छ।’ पार्टी संचालनको प्रमुख कुरा संगठन भएको भन्दै शाहले जनमत पार्टी सबै प्रदेशका सबै जिल्लामा सं