‘समाचार र विचारको
साझा चौतारी’




विचार

सम्बन्धको आवरणमा मौलाएको कुटिल चाल

सम्बन्धको आवरणमा मौलाएको कुटिल चाल

Posted in विचार
बालकृष्ण मैनाली मानवजीवनको इतिहासदेखि वर्तमानसम्म आइपुग्दा मानवजातिले अथाह तरक्की गरेकोमा कुनै सन्देह छैन। यो भन्दा पनि अझ बढी तरक्की गर्ने प्रयास अझै जारी छ। तथापि कतिपय ऐतिहासिक कालखण्डमा मानवकै रूपमा जन्म लिएर शासकको रूपमा परिणत भएका कतिपय शासकहरूले आ–आफ्ना स्वार्थ पूर्तिका लागि थुपै्र मानवसंहारमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहभागी हुन पुगेको कहाली लाग्दो इतिहास पनि जनजनको सामुन्ने कहिलेकाहीँ जिस्केर खडा भइदिन्छ। छिमेकी ठूला दुई राष्ट्रलाई नेपालको तर्फबाट कुनै पनि बहाना वा आवरणमा कतै समस्या छैन भन्ने कुरा जगजाहेर छ। यति हुँदाहुँदै किन पटक–पटक सानो देशले सास्ती भोगिरहनुपर्ने हो ? जन–जनमा उठेको यो आक्रोशलाई सही अर्थमा समस्याको चुरो के हो भन्ने कुरा सम्बन्धित सरोकारवालाहरूले अवगत गराउनु र यस्ता विषयमा पुनः समस्या नदोहोरिने गरी समस्या समाधान गर्नु सबैको हितमा हुन्छ। यति हँुदाहुँदै
घेराबन्दी र सरकारको यात्रा

घेराबन्दी र सरकारको यात्रा

Posted in मूल खबर, विचार
जी एन शर्मा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) नेतृत्वको वर्तमान सरकार अहिले साँच्चैनै घेराबन्दीमा परेको छ । भारी बहुमतको यो सरकारलाई एकातिर थेगी नसक्नुको नागरिक दबाव रहेको छ भने जन अपेक्षा अनुसार सरकारको जनमुखि कामको गति जस्तो हुनुपथ्र्यो त्यो देखिएको छैन । सरकारका कामकारबाहीका बारेमा आलोचना गर्नेलाई छौंडाको संज्ञा दिन पछि नपरेका सरकारका सल्लाहकारहरुले यो सरकारलाई कस्तो सुझाव र सल्लाह दिए होलान्, सामान्य नागरिकले पनि आंकलन गर्न सकिन्छ । छिमेकीको पुरातन हेपाहा शैलीलाई समेत खुलेर प्रतिवाद गर्नुका अलवा उहि पुरानो शैलीमा जवाफ दिए जस्तो गर्नु सरकार घेराबन्दीमा छ भन्ने स्पष्ट झलक हो । सरकार भनेकै राज्य हो, राज्यको दायित्व भनेको नागरिकका हरेक सार्वजनिक र नागरिक अधिकारसँग जोडिएका विषयहरुको समुचित व्यवस्थापन गर्नु पनि हो । तर, सरकार कम्युिनष्टको हो सत्ता त होइन नी भन्ने रुन्चे तर्कका आधारमा अ
के गर्दैछन हाम्रा जनप्रतिनिधि

के गर्दैछन हाम्रा जनप्रतिनिधि

Posted in विचार
डिल्लीराम घिमिरे २०५४ सालमा स्थापित मेची नगर पालिको २२ बर्ष को भयो।२०७४ बाट बिस्तारीत भएर अझै बिशाल रुप धारण गरेको मात्र छैन नेपाल को संविधान २०७२ले त सरकार कै हैसियतमा काम गर्न सक्ने अधिकार प्राप्त छ। तर कताअल्मलिएका छन हाम्रा जनाप्रतिनिधीहरुरु कामले गति लिन नसकेको अवस्था छ। मेचिनगर झण्डै १५ बर्ष जनप्रतिनिधि बिहिन अवस्था मा कर्मचारी ले चलाएको समय र २बर्ष ४ महिना १३ दिन जनप्रतिनिधिहरुले चलाएको अवस्था लाई हेर्दा कर्तव्य पालन र अधिकार को प्रयोगमा नाकाम देखिन्छन जनप्रतिनिधि हरु,२० बर्षअघिदेखि नगरपालिका मा रूपान्तरित काँकडभिट्टा र धुलाबारी को अवस्था र २० बर्ष पछी नगरपालिका मा समावेश भएका बाहुण्डागी,धाइजन,दुवागडी र ज्यामिरगडी को भूगोल लाई हेर्ने दृस्ठिकोण को अभाव छ नगर नेतृत्व मा।पुरानो काँकडभिट्टा र धुलाबारी को भूगोल बजार एरिया र पुर्व पच्छिम राजमार्ग भएका कारण ले यो भूगोल मा आय श्रोत वृद्ध
विस्तारवादी नीतिविरुद्ध जुटेको एकता

विस्तारवादी नीतिविरुद्ध जुटेको एकता

Posted in विचार
बद्री तिवारी पालका पश्चिमोत्तर सीमाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई छिमेकी मुलुक भारतले आफ्नो राजनीतिक नक्साभित्र गाभेर प्रकाशित गरेपछि उसको विस्तारवादी चरित्र उदाङ्गो त भएकै छ, आमनेपालीलाई एकाएक झस्काइदिएको छ। भारतसँगका सीमा व्यवस्थापन गर्न यतिखेर नेपालका लागि अत्यन्त उपयुक्त समय रहेको छ, किनकि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार दुई तिहाइको रहेको र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार पनि दुई तिहाइको रहेकाले दुवै पक्ष सकारात्मक रहेका बेला सीमालाई व्यवस्थित गर्न सकिएमा भविष्यपर्यन्त दुवै देशका प्रधानमन्त्रीको वर्तमान कार्यकाल दुई देशबीचको सम्बन्धमा कोसेढुंगा ठहरिनेछ । सधैँ इमानदार बनेर छिमेकीका गतिविधिहरूलाई समर्थन गर्दै आएको नेपालका उल्लिखित गाउँठाउँ/बस्तीहरू नै हडप्नका लागि गरिएको पूर्वाभ्यासरूपी कुकृत्यको सर्वत्र विरोध शुरू भएको छ। विरोधका क्रममा यतिखेर ने

न्यायालयमा समेत राजनीतिक आग्रह !

Posted in विचार
    एन के दाहाल काठमाडौं । कुनै पनि विवाद या समस्या हल गर्ने अन्तिम निकाय हो, न्यायपालिका । न्यायपालिकाले दिएको निर्णय कार्यपालिकासहित सबै निकायको लागि मान्न बाध्यकारी हुन्छ । न्यायालयले ठूलठूला विवाद र समस्यामा दिएको निर्णय मान्ने गरिएको छ । भारतमा हालैमात्र सदियौंदेखि विवादमा रहेको अयोध्याको राम मन्दिर र बाबरी मस्जिदको समस्या हालैमात्र न्यायालयले समाधान गरेको छ । कतिपय कोणबाट असन्तुष्टिका स्वर सुनिए पनि त्यसबिरुद्ध ठूलो विरोध या घटना घटेको छैन । यसअघि कार्यपालिका र अन्य निकायले निर्णय गर्दा ठूलठूला हिंसा र जातीय द्वन्द्व भएका थिए । नेपालको न्यायालयले यसअघि पटकपटक विभिन्न फैसला गरेर कार्यपालिकाको गलत कदमलाई सच्याउने निर्णय गरेको सर्वविदितै छ । लोकतान्त्रिक परिपाटीमा न्यायपालिकालाई न्यायको मन्दिर र न्यायधीशलाई भगवानको दर्जा दिनेहरु प्रसस्तै भेटिन्छन । सर्वसाधारणको विश्वास न्यायपालिका
राजनीति, अपराध र जनविश्वास

राजनीति, अपराध र जनविश्वास

Posted in विचार
राजेन्द्र कोजू अपराध र राजनीतिको सम्बन्ध परस्पर निषेधित हुन्छ भन्ने आदर्श विचार/बुझाइ यतिखेर गलत साबित भएको छ। सीधा बुझ्दा राजनीतिप्रतिको विश्वास, आस्था क्षीण भएको छ। उज्ज्वल सम्भावनाको सपनाको खेती गर्ने ठाउँ हो, राजनीति। आजसम्म राजनीति गर्नेहरूले विश्वास र भरोसाको बलियो जगमा टेकेर सम्भावना र सपनाको बिक्री गरेर शक्तिमा आउने गरेका थिए। तर, नेपालको राजनीतिको सुन्दर पर्दाहरू दिन–प्रतिदिन उघारिँदै जाँदा जनताले नदेखेका, नपत्याएका, नसोचेका, घिनलाग्दा र डरलाग्दा परिदृश्यहरू उदांगिन थालेपछि आममानिसले सबै कुरामा शंका गर्न थालेका छन्। त्यसो त, बुद्धले सबैलाई शंका पनि गर्नुपर्छ, अति विश्वास, अति प्रेमले धोका हुन सक्नेतर्फ सबै सचेत हुनुपर्ने सन्देश दिएका छन्। राजनीतिक अपराधीकरणले नेताप्रति, जनताको विश्वास कमजोर हुनु राम्रो हैन। त्यसले देश कमजोर बनाउँछ। नेता जनताका अगुवा हुन्। प्रकाशस्तम्भ हुन्।
भारतीय बिस्तारवादको काममा होइन नेपालप्रति नियतनै खराब छ

भारतीय बिस्तारवादको काममा होइन नेपालप्रति नियतनै खराब छ

Posted in मूल खबर, विचार
जी एन शर्मा उसको हेपाहा र मिचाहा प्रवृति नेपालको भौगौलिक क्षेत्रमा मात्र होइन समग्र क्षेत्रमा बिगतदेखि वर्तमान सम्म चल्दै आएकोछ । कसैले कुन काम गर्दा नियत खराब गरेर गर्छ कि उसको काम गर्दागर्दै गल्ति हुन्छ । हामीले हरेक समस्यालाई अध्ययन गर्दा यो पाटोलाई हेर्नु उचित हुन्छ । नेपाल र भारतबीच युगौँदेखिको सम्बन्ध छ । धेरै जसो एउटा कुरामा जोड दिने गरिन्छ त्यो हो रोटी र बेटीको सम्बन्ध अनि दुबै देशकाबीचको साँस्कृतिक सम्बन्धका बारेमा कुरा उठाईन्छ तर ईतिहाँसको बिगतदेखि वर्तमान सम्मका आयामहरुलाई हेर्ने हो भने भारत ( राज्य प्रशासन ) जहिले पनि नेपाललाई राम्रो नियतले हेर्ने गरेको पाईदैन । मुखले ठिक्क पार्ने बेलामा रोटी र बेटीको कुरा गरेपनि काममा भने उसले नेपालप्रति हेपाहा र मिचाहा प्रवृतिलाई निरन्तरता दिदै आएकोछ । गएको शनिबार उसले तयार पारेर सार्वजनिक गरेको भारतको राजनैतिक नक्सामा खुलेआम नेपाली भूभ
सीमा विवाद र मौसमी राष्ट्रवाद

सीमा विवाद र मौसमी राष्ट्रवाद

Posted in विचार
डा. टीकाराम पोखरेल नेपालमा बेलाबेलामौसमी राष्ट्रवादको हावाचलिरहन्छ । मौसमीयसकारणले किराष्ट्रवादको हावा चलाउनेहरुको आवाज सधैँ एकनासकोहुँदैन । आफ्नो सजिलो र स्वार्थ अनुसार राष्ट्रवादको व्याख्या र विश्लेषण गर्ने गरिएकोले त्यसलाई मौसमीभनिएको हो । यतिबेला भारतले जम्मुकास्मीर सन्दर्भमा आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरको र त्यसमा नेपालको कालापानी र लिपुेलेकलाई पनिआफ्नो सीमाभित्र पारेसँगै नेपालको भूभाग भारतको नक्साभित्र पारियो भनेर नेपालमा विरोधका स्वर देखिन थालेका छन् । त्यसलाई राष्ट्रवादसँग जोड्ने गरिएको छ । नेपालभारत बीचको सीमा विवादनिकै लामो हो । सीमा विवादको विषयमा नेपालका सबै दल जानकार छन् । तर सबै दलको यस विषयमा विरोधको शैली र भाषा सधैँ एकनासको हुँदैन । सत्तामा हुँदा अलि नरम र प्रतिपक्षमा हुँदा अलि गरम हुने गरेको देखिन्छ । जतिचर्को बोल्यो उत्ति बढी राष्ट्रवादी भइने र त्यसले जनताको से
मध्यावधि निर्वाचन गर्ने कि पार्टी फुटाउने ?

मध्यावधि निर्वाचन गर्ने कि पार्टी फुटाउने ?

Posted in विचार
- अनिल शर्मा ‘विरही’ निजी स्वार्थ, गुटगत स्वार्थ र विदेशी शक्तिकेन्द्रको चक्रव्यूहमा फस्दै गएको केपी वली नेतृत्वको सरकार विघटन र जनप्रतिरोधको निशानामा पर्दै गएको छ । प्रम वली र प्रचण्डहरू सीमित हुँदै गएका छन् । सरकार र उक्त पार्टीका नेताहरूकै कारण देश राजनीतिक अस्थिरता र सङ्कटको अथाह भुमरीमा धकेलिने प्रबल सम्भावना छ । पार्टी एकता गर्दा नै वली र प्रचण्डका बीचमा आधाआधा समय सरकार र पार्टीको नेतृत्व गर्ने लिखित सहमति भएको ठानिन्छ । तर उक्त सहमति लागू गर्न केपी वली अनिच्छुक भएको बुझ्न सकिन्छ । पूर्वसहमति लागू गर्न–गराउन माधव नेपाल, झलनाथ खनाल, वामदेव सबैले वलीलाई दबाब दिइरहेका छन् । प्रचण्डले सम्भव सबै प्रयास गरिरहेका छन् । त्यसप्रकारको प्रयास पूरा हुनै सकेन भने प्रचण्ड चुप लागेर बस्लान् त ? त्यस्तो स्थितिमा प्रचण्डले पार्टी फुटाएर उपेन्द्र यादवसँग पार्टी एकता गर्ने र काङ्ग्रेसको समर्थनमा
राजनीतिको सम्बन्धमा नेपाली ख्रीष्टियन जगतमा फैलाइएको भ्रम र तिनको चिरफार

राजनीतिको सम्बन्धमा नेपाली ख्रीष्टियन जगतमा फैलाइएको भ्रम र तिनको चिरफार

Posted in विचार
भ्रम १: अरू दलहरूले अरू सबैका आवाज सुन्छन्, तर ख्रीष्टियानहरूको सुन्दैनन् । त्यसैले हामीलाई हाम्रो आफ्नै पार्टी आवश्यक छ । वास्तविकता: यो कुरामा आंशिक सत्यता छ । नेपालका ख्रीष्टियानहरू सदियौंदेखि हेपिंदै र पेलिंदै आएका छन् । राजनीतिक दलहरूले हाम्रा आवाजहरू सुनेकै छैनन्, सुने पनि उनीहरू यी कुराहरूमा कहिल्यै गम्भीर भएका नै छैनन् । यो सबै हुनुको दोष अरूलाई मात्रै लगाएर हामी उम्कन सक्दैनौं । ती पार्टीहरूको केन्द्रीय नेतृत्वमा दलित छन्, मुसलमान छन्, मधेसी छन्, आदिवासी जनजाति छन् र पो त्यहाँ उनीहरूको आवाज निरन्तर उठिरहन पाएको छ । पार्टीभित्र निरन्तर उठिरहने आवाजलाई उक्त पार्टीले नजरअन्दाज गर्न सक्दैन र ती मागहरू धेरै हदसम्म सम्बोधन हुन्छन् । हाम्रो हकमा अवस्था त्यस्तो छैन । धेरैजसो ठूला पार्टीका केन्द्रीय नेतृत्वमा हाम्रो उपस्थिति शुन्यप्राय: छ । यदि पार्टी खोल्नुको सट्टा राजनीतिमा चासो