‘समाचार र विचारको
साझा चौतारी’





विचार

स्मार्ट सिटि नजिकैको अनस्मार्ट गाउँ टिक्रा लहलौरा

स्मार्ट सिटि नजिकैको अनस्मार्ट गाउँ टिक्रा लहलौरा

Posted in विचार
बबि बस्नेत टिक्रा लहलौरा लुम्बिनी प्रदेशको राजधानी दाङ्ग जिल्लाको तुल्सिपुर उपमहानगरपालिका वडा न १६ मा अवस्थित एक सानो गाउँ हो।थारु समुदायको बाहुल्यता भएको यस गाउँमा ब्राहमण, क्षेत्री समुदायका मानिसहरुको पनि उतिकै बाख्लो बसोबास छ।भनाईमा चर्चा कमाएको स्मार्ट सिटि तुल्सिपुरबाट करिब करिब ६ किलोमिटर नजिक लहलौरा गाउँ विकासका दृष्टिकोणले हेर्दा भने त्यति स्मार्ट छैन।उपमहानगरपालिका भित्र पर्ने यो गाउँमा विकासका पुर्वधार नियाल्ने नै हो भने त्यस्तो हर्स मान्ने खालको विकास भएको देखिदैन।जनतामा हर्ष भन्दा निरासा बढि देख्न सकिन्छ। २०२२ सालमा राजा महेन्द्रविरविक्रम शाह र रानी रत्नराज्य लक्ष्मी देवी शाह घोडा सवार भई अमेलिया, जलकुन्टी, भोजपुर हुदै लहलौरा बाट तुल्सिपुर जाने खबर पाएपछी गाउँलेहरु बाटो खन्न गएका र राजा महेन्द्रविर विक्रम शाह र रानीरत्न राज्य लक्ष्मी शाह त्यहि बाटो भएर लहलौरा आई तुल्सीपुर
एमसीसीको नेपालमा किन विरोध ?

एमसीसीको नेपालमा किन विरोध ?

Posted in विचार
मणिकृष्ण श्रेष्ठ नेपालको संसद्मा पुगेका राजनीतिक दलहरु एमसीसीको प्रस्ताव पारित गर्न संसद्मा मौका खोज्दै छन् भने जनताको तर्फबाट विभिन्न संस्था, व्यक्ति र नयाँ राजनीतिक दलका व्यक्तिहरु एमसीसी राष्ट्रघाती भनेर विरोधमा धेरै लामो समयदेखि विरोध कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कोभिड–१९ को २०७८ वैशाख १६ देखि असार २१ सम्म कडारुपमा लकडाउन लागू भएयता श्रावण १२ गते २०७८ वि.सं. मा माइतीघर मण्डलामा जम्मा भएर विरोध कार्यक्रम गरेका छन् । एमसीसीको पूर्ण नाम मिलेनियम च्यालेन्ज कर्पोरेसन हो । यो हेर्दा कुनै संस्थाको प्रस्ताव मात्रै हो जस्तो देखिन्छ । तर प्रस्तावमा ५५ अर्ब रुपियाँ नेपालको लागि विद्युतीय ट्रान्समिसन लाइन खडा गर्ने र त्यसलाई आवश्यक बाटो बनाउने भन्ने बुझिन्छ । तर यो प्रस्तावसँगै उल्लेख भई आएका अन्य बुँदाहरु यस्ता छन् कि ती बुँदा पढ्दा राष्ट्रप्रेमी प्रत्येक नेपाली झस्किने गर्छन् । किनकि त
संसदमा ओली : चोरकै ठूलो स्वर

संसदमा ओली : चोरकै ठूलो स्वर

Posted in विचार
२०७८, साउन २७ परिवर्तनको संबाहक माओवादी हारेर शान्तिप्रक्रियामा आएको र बाध्यतापूर्वक लोकतन्त्र स्वीकारेको ओली गुटीय आक्षेपलाई जवाफ दिनेक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन आगो हो र योसंग नखेल्न भनेको प्रसंगमा समेत ओलीले कुतर्क गरेका छन। उनले भनेजस्तो दुई बाल्टी पानीले त्यो आगो निभ्ने भए न संघीय लोकतान्त्रिक गणतन्त्र,नेपाल हुनसक्थ्यो। न समाजवादको लक्ष्य बोकेको संबिधान जारी हुनसक्थ्यो। न ओली प्रधानमन्त्री नै हुन पाउँथे। बरु यो परिवर्तनलाई नामेट पार्ने गरी आगोसंग खेल्न खोज्दा यतिबेला कुन स्तरको झड्का खानुपर्‍यो, व्यक्त गर्न नसके पनि उनको मनले पक्कै राम्ररी चेतेको छ। हुन त आफैंले अकारण दुईदुईचोटी घाँटी निमोठेको संसदको रोष्टममा उभिएर दम्भ र उपदेश दिन मान्छेलाई लाज लाग्नुपर्ने हो। तर लाजनै पचाएपछि कस्को के लाग्छ ररु निर्वाचित संस्था सिध्याएर अकण्टक सत्ताभोग गर्ने आफ्नो
अहिले कोही किन मन्त्री बन्ने ?

अहिले कोही किन मन्त्री बन्ने ?

Posted in विचार
२०७८, साउन १९ देवीदत्त शर्मा ओली प्रतिगमनको पतनसँगै पाँच दलीय/पक्षीय मोर्चाबाट काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएका छन् । र, गठबन्धनका तर्फबाट सुरुमै सानो मन्त्रीमण्डल बने पनि झण्डै तीन हप्तासम्म सरकार विस्तार हुन सकेको छैन । एमाले माधव नेपाल समूहको अलमल र जनता समाजवादी पार्टीको पार्टी आधिकारिकता विवादले मन्त्रीमण्डल बिस्तारमा ढिलाइ भए पनि अब आजभोलि नै बिस्तार हुने पक्कापक्की छ । माधव नेपाल समूह सरकारमा नजाने देखिएको छ भने जसपा विवादमा प्रतिगमनबिरोधी उपेन्द्र यादव पक्षले आधिकारिकता पाइसकेको छ । गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले त मन्त्री नखाने घोषणा गरिसकेको छ । केपी ओलीले लादेको प्रतिगमन र बेथितिले प्रणालीप्रति नै निराश भएका जनतालाई संसदको कार्यकाल पुग नपुग डेढ बर्ष बाँकी रहेको अवस्थामा एक चुस्त र गतिशील सरकार दिनु गठबन्धनको प्राथमिक कार्यभार हो । प्रधानमन्
कम्युनिस्ट एकता , ध्रुवीकरण र पार्टी निर्माणको प्रश्न

कम्युनिस्ट एकता , ध्रुवीकरण र पार्टी निर्माणको प्रश्न

Posted in विचार
- प्रेम सुबेदी नेपाली कम्युनिस्ट आन्दोलनमा बेला बखत एकता , ध्रुवीकरण तथा पार्टी पुनर्निर्माणको चर्चा हुने गर्दछ । तर , त्यो कार्यले सार्थकता पाउन सकिरहेको छैन । त्यसका पछाडि रहेका बस्तुगत कारण के हुन ? भन्ने बिषयमा त्यति ध्यान पुगेको देखिदैन । एउटा देशमा सर्वहारा बर्गको कम्युनिस्ट पार्टी एउटै मात्रै हुनुपर्ने मान्यता बारे त्यति बिमति पनि देखिदैन , तर व्यबहारमा एउटै कम्युनिस्ट पार्टी बन्न पनि सकिरहेको छैन । नेपालमा जनताको सदभाव सहानुभूति र जनमत कम्युनिस्ट आन्दोलनको पक्षमा रहेकोले गैर कम्युनिस्टहरुले पनि आफुलाइ कम्युनिस्ट बताउदै जनतामा ब्यापक भ्रम सिर्जना गर्दै आए । जसले कम्युनिस्ट पार्टीको त होइन, सामान्य वामपन्थी सम्मको पनि भुमिका निर्वाह गर्न सकेको छैनन । त्यो भ्रमबाट जनतामा आलोचनात्मक चेतको बिकास गर्न नसक्नु कम्युनिस्ट आन्दोलनको गम्भीर समस्या हो । त्यतिमात्र होइन , एकातिर आधारभुत रुप
अबको सहकारी: सरकारसँगको सहकार्य

अबको सहकारी: सरकारसँगको सहकार्य

Posted in विचार
१३ श्रावण २०७८ चिरञ्जीवी मास्के सहकारी अर्थात् सहकार्य । आपसमा मिलेर गरिने कामलाई सहकार्य भनिन्छ, सहकार्यबाटै सहकारी बनेको इतिहास छ । एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको एउटा महत्वपूर्ण सिद्धान्त हो । सहकारीसम्बन्धी विश्व इतिहासलाई हेर्दा यसको शुरुवात निकै अघिदेखि भएको पाइन्छ । बेलायतको एबर्दिनमा सन् १४९८ मा स्थापना भएको ‘दी शोर पोर्टर्स सोसाइटी’ नामको संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा हेर्ने गरिन्छ । सहकार्यको भावनाबाट सञ्चालन भएको सहकारी संस्थाहरुले उद्देश्यअनुरुप विशेष गरी ग्रामीण भेगका व्यवसायीहरुलाई सहुलियत दरमा ऋण प्रवाह गरी लगानी अभिवृद्धि र व्यवसाय सञ्चालनमा सहयोग गर्दै आएको छ । सहकारीसँगको सहकार्यमा दुर्गम ग्रामीण बस्तीका विपन्न परिवारका सदस्यहरुसमेत सानातिना उद्यम सञ्चालन गर्दै सफल व्यवसायी बनेका छन् ।त्यति मात्र हैन, ग्रामीण भेगमा महिलाहरु दुई–चारवट
लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान

लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान

Posted in विचार
— सुष्मा सुब्बा लामा नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो । मैले यसो भनिरहँदा कोही कसैप्रति अपमान गर्न खोजेको होइन, भलै यो यथार्थलाई आम नेपालीमाझ पस्कनै पर्छ भन्ने मेरो आशय भने पक्कै हो । वास्तवमा अहिले नेपाल लकडाउन, लुजडाउन अनि फेरि लकडाउनको चक्रब्युमा फसिरहेको छ । एकदिन अघि कोरोना कहरका डरले लकडाउन हुने, प्रशासनले केही दिन अत्याधिक कडाइ गर्ने, अनि फेरि लुजडाउन गर्दै जाने, महामारीको रोकथामका लागि कुनै भूमिका नखेल्ने मात्रै लकडाउनलाई महामारी रोक्ने अस्त्रको रुपमा लिने सरकारी रबैया नै गलत छ । विहान ९ बजे
के लकडाउन मात्रै कोरोना नियन्त्रणको विकल्प हो ?

के लकडाउन मात्रै कोरोना नियन्त्रणको विकल्प हो ?

Posted in विचार
डिल्लीराम घिमिरे स्थानीय सरकार मेची नगर नगरपालिका ले भोलिदेखी लकडाउन गर्ने निर्णय गरेको सुनिदैछ लकडाउन मात्रै कोरोना नियन्त्रण को विकल्प हो? कोरोना यही उत्पत्ति भएको होकि अन्यत्रबाटसर्ने सरुवा भाइरस हो? कोरोना यहीँ उत्पत्ति भएको भाइरस होइन यो सरुवा रोग हो त्यसकारण अन्यत्रबाट हुनेआवतजावत लाइ पुर्णरुपमा रोक्नु पर्दछ पुर्णरुपले मेची नगर लकडाउन गर्न सक्छ न पा ले? मेची भन्सार कार्यालयबाट दैनिक सयौंको संख्यामा ट्रक र कन्टेनर हरु भित्रीने गरेकाछन ,दैनिक उपभोग्य खाद्यान्न मात्रै भित्रीने गरेकोछ? छैन मेची भन्सारबाट भित्रीने अखाद्य मालसामान आयात हुने गरेकोछ लकडाउनका बेला उध्योग कलकारखाना बन्द छन कोइला किन आयात गर्न पार्‍यो? अनी दैनिक बिसौ कन्टेनर सुपारीआयत गरिन्छ के सुपारी दैनिक उपभोग्य चिज हो न पा को बुझाइमा? हो यसरी भित्रीने सवारी साधन का चालक सहचालक हरुबाट भित्रीन्छ र फैलिन्छ को
संसदीय व्यवस्था र नयाँ जनवाद

संसदीय व्यवस्था र नयाँ जनवाद

Posted in विचार
- हस्तबहादुर केसी “ संसद खसिको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो । –“ माओत्सेतुङ संसदीय व्यवस्था पुँजीपतिवर्ग र साम्राज्यवादीहरुले अंगाल्दै आएको शासन प्रणाली हो । समाज विकासका क्रममा सामन्तवादका विरुद्ध संघर्षको क्रममा संसदीय व्यवस्थाको जन्म भएको हो । यसको जग हाल्ने काम सन १६८८ – १६८९ मा बेलायतमा भएको पार्लियमेन्टमा शक्ति हस्तान्तरण गर्ने , राजाको हातबाट सम्पूर्ण शक्ति खोस्ने , राजा जेम्स द्वितीयको पतन पछि विलियमलाई सत्तामा पुर्याउने जुन क्रमबेलले त्यस क्रान्तिको नेतृत्व गरेका थिए , त्यसैबाट संसदीय व्यवस्थाको शुरुवात भएको थियो । विश्को राजनीतिक इतिहासमा सन १६८८ मा बेलायतमा जुन गौरवमय क्रान्ति सम्पन्न भएको थियो , त्यसकै परिणामस्वरूप विश्वमा पहिलो पटक संसदीय व्यवस्थाको स्थापना भएको थियो । पछि अमेरिकी स्वतन्त्रता संग्राम र फ्रान्सिसि राज्य क्रान्तिले सुव्यवस्थित रुप दिएको थियो
बालकोटको बार्दलीबाट जब ‘बा’ बोल्नु भयो !

बालकोटको बार्दलीबाट जब ‘बा’ बोल्नु भयो !

Posted in विचार
बालुवाटारबाट जब हाम्रा ‘बा’ बालकोट जाने तयारी गर्दै हुनुहुन्थ्यो उहाँको जयजयकार गर्न फोर्सवाला टोली पनि तयार थियो । ‘बा’का हेमानका फोटा सहित टोलीले ‘ अघि बढ हाम्रा बा प्राण दिन तयार छौँ ’ जस्ता जनहितकारी कमनिष्ट क्रान्तिकारी नाराहरुको पनि जोहो गरेको थियो । बालुवाटारबाट जब ‘बा’ बालकोटतर्फ प्रस्थान गर्नु भयो फोर्सवाला टोलीको लावा लस्करले ‘बा’लाई घेराबारा गरेर किर्तन भजनका साथ महान सवारी यात्राको थालनी गरेको थियो । ‘बा’को कटेरो बालकोट नपुगुन्जेल फोर्सवाला भक्तजनहरुले सुरीलो स्वरमा उहाँको स्तुति प्रशंसा गर्दै निरन्तर सवारीलाई शोभा थप्दै नै लगे । लाग्छ उहाँ अर्थात भगवान बालुवाटारमा प्रकट हुनु भयो र कुनै भक्तलाई भन्नु भयो ‘ म अव बालकोटामा आसन ग्रहण गर्छु’ भक्तले भगवानको दिब्यवाणीलाई पुरा गर्न झै उहाँलाई उहाँकै सिंहासनमा विराजमान गराउन फोर्सवाला भक्तजनहरुको आराधना सहित मण्डली भगवानलाई लिएर बालक