
‘स्वर्ग’ जाने ‘नरक’को बाटो
Posted in विचार
(सन्दर्भ वली–दाहाल समूहको राजनीतिक प्रतिवेदन)
- अनिल शर्मा ‘विरही’
जगतलाई प्रस्ट भएको कुरा हो– एमाले पाँचौँ महाधिवेशन तथा बहुदलीय जनवादरूपी दलाल पुँजीवादी विचार र त्यही .अनुरूपको राजनीतिमा टेकेर उभिएकै थियो र छ । त्यही राजनीतिक–वैचारिक लाइनमा प्रचण्डको पतन भएको छ । विप्लव–किरणको विद्रोहपछि गएको संविधानसभाको चुनावमा ठूलो धक्का खाएको, त्यसको विपल्पका रूपमा काङ्ग्रेससँगको सहकार्य छोरीलाई मेयर बनाउन बाहेक कामकाजी नभएको र बाबुराम भट्टराईको बहिर्गमनपछि अस्तित्वरक्षाको खोजीका क्रममा प्रचण्डको वली समूहमा विसर्जन भएको हो । सारतत्व यो हो भने रूप पक्षबाट हेर्दा ‘एकता’ भनिएको छ । २०७५ जेठ ३ गते पारित र १ वर्षपछि प्रकाशित राजनीतिक प्रतिवेदनले त्यही सारतत्व अभिव्यक्त गरेको छ ।
कम्युनिस्ट र समाजवादको नारा भट्ट्याउँदै जनता झुक्याउनु र पँजीवादको सेवा गर्नु खोटा कम्युनिस्टहरूको अनैतिक कर्म हो । राजनी